राप्ती सोनारी – छैठौं राष्ट्रिय महिला अधिकार दिवसको अवसरमा राप्ती सोनारीमा २० जना महिलाहरुलाई खाद्यान्न उपलब्ध गराईएको छ । ९ वटा वडाहरु मध्ये वडा न . ७ को २० जना विपन्न महिलाहरूलाई चामल दाल, नुन तेल र झुल वितरण गरिएको हो । राप्ती सोनारी गाउँ पालिका उपाध्यक्ष मनिषा सिंह थारुले नारामा मात्रै सिमित हुनुभन्दा केही भए पनि जीवन यापनमा सहज होस भनेर प्रती महिलालाई २ बोरा चामल, ५ किलो दाल, १ लिटर खाने तेल, १ किलो नुन र झुल वितरण गरिएको जनाईन ।
उपाध्यक्ष थारुले १ लाख मुल्य बराबरको खाद्यान्न र झुल वितरण गरिएकोमा पीडित महिलालाई केही भए पनि राहत मिल्ने दावी गरिन । कार्यक्रममा वडा न . ७ का वडा अध्यक्ष रामलखन थारुले स्थानीय सरकारको उपस्थिति महसुस हुने कार्यक्रम अन्तर्गत उक्त खाद्यान्न वितरण गरिएको उल्लेख गरे । साथै उक्त वडाको ७ जना आगलागी पीडितलाई राहत दिईएको छ ।