(Friday 30th of October 2026)
`

नेपाल युवा क्लब बाँकेको अध्यक्षमा पत्रकार दिनेश ठाकुर

  • सगरमाथा गन्तब्य
  • 6.3K
    SHARES

    नेपालगन्ज : नेपाल युवा क्लब बाँकेको अध्यक्षमा पत्रकार दिनेश ठाकुर सर्वसम्मत चयन हुनुभएको छ । नेपाल युवा क्लबका केन्द्रिय अध्यक्ष मोहम्मद मोहसिन हल्वाईको प्रमुख आतिथ्यतामा तथा नेपाल युवा क्लब बाँकेका अध्यक्ष मुबसिर कैथुमको अध्यक्षतामा मंगलवार पत्रकार ठाकुरलाई अध्यक्षताका लागि सर्वसम्मत चयन गरिएको हो ।
    मंगलवार ठाकुरको अध्यक्षतामा ११ सदस्य जिल्ला कार्य समिति सर्वसम्मत चयन गरिएको छ । यस्तै उपाध्यक्षद्वयमा इमरान जसगर, मोहमद आमिन हल्वाई, सचिवमा जिना चलाउने, सहसचिवमा रिजवान कसगर, कोषाध्यक्षमा चेतराम यादबलाई सर्वसम्मत चयन गरिएको छ यस्तै बरिष्ठ सदस्यमा मोहमद साबान हल्वाई रहनु भएको छ भने ४ जनालाई नवनिर्वाचित कार्यसमितिले मनोनित गर्ने भएको केन्द्रिय अध्यक्ष हल्वाईले बताउनुभएको छ ।

    ११ जनाको कार्यसमिति गठन गरिएको कमिटीले जिल्लाभरी क्लबको गठन गर्ने गरि जिम्मेवारी पाएको हल्वाईले बताउनुभयो । नेपाल युवा क्लब बाँकेको पहिलो बैठकले संगठनको कोष निर्माण गर्ने, नगरस्तरिय, पालिका स्तरिय तथा वडा स्तरीय कमिटि गठन गरी जिल्लामा अनाथ बालवालिका, शिक्षाबाट बञ्चित बालवालिका तथा गरिब परिवारका लागि काम गर्ने गरि कमिटि निर्माण गरिने केन्द्रिय अध्यक्ष हल्वाईले बताउनुभयो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology