(Friday 30th of October 2026)
`

जहाँ जंगे पिलरको सुरक्षा स्थानियवासीले गर्छन, शसस्त्र प्रहरीको अनुहारै देख्न मुस्किल

  • सगरमाथा गन्तब्य
  • 6.2K
    SHARES

    आशा परियार – नेपालगन्ज : नेपाल भारतको सिमाना जोडिएको बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नं.४ स्थित सिमानाकाको जंगे पिलरको सुरक्षा स्थानियवासीले गर्दै आएका छन् । नेपाल भारतको सिमानाकाको जंगलमा बस्ने भएको हुनाले उनिहरु रातदिन जंगे पिलरको सुरक्षा गर्दै आएका हुन् । बाँकेकै सबैभन्दा विकट क्षेत्र मानिने ११ वटा गाउँ जहाँ विजुली बत्ति, शिक्षा, खानेपानी, सुरक्षा र बाटोको सुविधा छैन । बाँकेमा पनि यतिको विकट क्षेत्र छ भन्ने कल्पना समेत स्थानिय सरकारले गरेको थिएन स्थानियवासी देवी प्रसाद थारुले बताउँनुहुन्छ । केही बर्ष पहिले राज्यको नजरमा समेत ति गाउँहरु परेका थिएनन् । बल्ल बल्ल राज्यको नजर पुग्दा हामी पनि नेपाली हौं भन्ने महसुस भएको स्थानिय देवीलालले भन्नुहुन्छ । पहिले पहिले भारतका नागरिकले दुख दिने गरेका थिए जब बस्ती घना हुँदै गयो अहिले त्यस्तो समस्या छैन उहाँले भन्नुभयो । विकटको हिसावले हामी अहिले पनि कुनै किसिमको सेवा राज्यवाट पाएका छैनौ उहाँले भन्नुभयो । सिमासंगै जोडिएका भएर होला पहिले सिमानाकाको पिलर १ किलोमिटर पर थियो अहिले यता सारेर छन् उहाँले भन्नुभयो । भारतकै इसारा अहिले पनि काफी छ उहाँले भन्नुभयो । हाम्रै आँखा अगाडी जे पनि गर्छन हामी चुप लागेर बास्नुसिवाय केही छैन उहाँले भन्नुभयो ।
    अहिले पिलरको सुरक्षा हामीले गरिरहेका छौं शसस्त्र प्रहरीको वास्तै छैन उहाँले भन्नुभयो । अहिले सार्ने हिम्मत गर्दैनन् उहाँले भन्नुभयो । भारतीय नाकासंगै जोडिएका झुरहवा बस्तीमा राती काठ, ढुङगा, गिटटी, बालुवा हाम्रै आँखा अगाडी तस्कर गर्ने गरेको उहाँले बताउनुभयो । यहाँ सुरक्षाको लागि न प्रहरी बस्छ न सिमानाकाको सुरक्षाका लागि शसस्त्र प्रहरी नै हामीले नै हो बस्ती र जंगल जोगाउने उहाँले भन्नुभयो । काठ तस्कर गरेर सके अब ढुङगा, गिट्टी, बालुवा तस्कर गर्छन हामीले बोल्यो भने भारत जान बन्द हुन्छ किनभने हाम्रो रासन खानपिन सबै भारतबाटै सिमित रहेको छ उहाँले भन्नुभयो । झुरहवा बस्तीमा रहेको ८५ नं. पिलर सारिएको छ यसमा राज्यको ध्यान गएको छैन उहाँले भन्नुभयो । यहाँ भएको ८०, ८१, ८२, ८३, ८४, ८५ र ८६ नं. पिलर नाजुक अवस्थामा छन् । राज्यको ध्यान पिलर र सिमानामा गएको छैन । कतै फुटेका छन् त कतै सारिएका छन् स्थानिय धन बहादुर थापा मगरले भन्नुभयो ।


    घना जंगलमा बस्ती कम भएको कारण पिलर सार्ने गरेको उहाँको ठम्याई रहेको छ । भारतले १५ बर्ष पहिले भारतको झण्डा नेपालको चुरे पहाडमा गाडिएको धन बहादुरले भन्नुहुन्छ । स्थानियवासीले नेपालको चुरेपहाडमा भारतीय झण्डा देखेपछि स्थानिय आफैले हटाएको जानकारी गराउनुभयो । नेपाल र भारतको शहर जान एउटै समय लाग्ने तर बाटो र सस्तो सामानको हिसावले भारतीय बजार लेनदेनको लागि जाने गरेको स्थानिय प्रकाश नेपालीले भन्नुहुन्छ । हाम्रंो सिमाना हामीलाई नै यकिन नभएको हुनाले अन्योलमा परेको उहाँले बताउनुभयो । भारतले आफुखसी पिलर गाड्ने गर्दछ र समय समयमा रेखदेख गर्न आउँछ तर नेपाली शासस्त्र प्रहरी भने वास्तै नगरेको उहाँले बताउनुभयो ।
    सिमानार्थ खटिएका नेपाली शसस्त्र प्रहरीको गस्ती नै हुँदैन कहिले कसो मात्र आउने र स्थानियको सहयोगले पिलरको आसपास सरसफाई गर्ने गरेको उहाँले बताउनुभयो । विओपी टाढा भएको कारण सिमा तथा स्थानियवासीलाई समेत समस्या हुने गरेको उहाँले बताउनुभयो । नजिकै नेपाल प्रहरी र शसस्त्र प्रहरी भए हामीलाई नि सुरक्षाको अनुभुति हुने गरेको उहाँले बताउनुभयो । हामी त भगवान भरोसे बाँचेका छौं उहाँले भन्नुभयो । एक गाउँदेखि अर्को गाउँमा सम्पर्क गर्न संचारको माध्यम वाकिटकी प्रयोग गर्ने गरेका छौं स्थानिय देविलाल थारुले भन्नुभयो ।
    एक गाउँदेखि अर्को गाउँ जान टाढा पर्ने र सहजताको हिसावले एक गाउँमा एक वाकिटकी प्रयोग गरेका छौं देविलालले भन्नुभयो । एक आपसमा सहयोग गर्न परेको खण्डमा होस या छलफल गर्न परे पनि यही माध्यमबाट सम्पर्क गर्ने गरेको उहाँले बताउनुभयो । सिमानाका जोगाउन हामी स्थानियवासी तदारुकताका साथ लागेका छौं उहाँले भन्नुभयो । सिमा जोगाउने शसस्त्र प्रहरीको जिम्मा भएपनि हामीले सहयोग गर्ने गरेको उहाँले बताउनुभयो । यता शसस्त्र प्रहरी गण नं. ३० का शसस्त्र प्रहरी प्रमुख विमल डाँगीले भने सिमानाकाको विषयमा अहिले बोल्न नमिल्ने बताउनुभयो । केही महिना मात्र सरुवा भएर आएका शसस्त्र प्रहरी प्रमुख डाँगीले सिमानाकाको विषयमा केन्द्रिय प्रवक्तासंग सोध्न अनुरोध गर्नुभयो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology