(Friday 30th of October 2026)
`

नेपालगन्ज १४ मा आमा कार्यक्रम

  • सगरमाथा गन्तब्य
  • 7.2K
    SHARES

    नेपालगन्ज : नेपालगन्ज उपमहानगरपालिका वडा नं १४ ले जेष्ठ नागरिक स्वास्थ्य प्रवर्धनात्मक तथा स्तनपायी आमा कार्यक्रम सुरु गरेको छ । बुधवार नेपालगन्ज उपमहानगरपालिका वडा नं १४ ले जेष्ठ नागरिक स्वास्थ्य प्रवर्धनात्मक तथा स्तनपायी आमा कार्यक्रम सुरु गरेको हो । बुधवारदेखि सुरु गरेको कार्यक्रम निरन्तर वडाको टोलटोलमा ७० वर्षमाथि उमेर समूहका ज्येष्ठ नागरिक तथा स्तनपायी आमा हरुको स्वास्थ्य परीक्षणसँगै आवश्यक औषधी बितरण गरिएको नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १४ ले जनाएको छ ।
    ज्येष्ठ नागरिक समाजका गहना भएकाले उनीहरूको स्वास्थ्य स्याहारमा परिवार, समुदाय र नगरको जिम्मेवारी रहने नेपालगन्ज उपमहानगरपालिका वडा नं १४ का वडाअध्यक्ष मजहर अली साँइले बताउनुभयो । जेष्ठ नागरिकको स्वास्थ्य बीमा निःशुल्करूपमा गरिने भएकाले प्रत्येक ज्येष्ठ नागरिकले परिवारको सहयोगमा स्वास्थ्य बीमासमेत गर्न उहाँले अनुरोध समेत गर्नुभयो । बुधवार नेपालगन्ज १४ को बाबु गाउँमा गरिएको जेष्ठ नागरिक स्वास्थ्य प्रवर्धनात्मक तथा स्तनपायी आमा कार्यक्रम जेष्ठ नागरिक र सुत्केरी आमा गरि २ सय जनाले उक्त सेवा लिएको नेपालगन्ज १४ का वडा सदस्य सन्तोष कुमार मिश्रले जानकारी गराउँनुभयो । उहाँका अनुसार जेष्ठ नागरिक स्वास्थ्य प्रवर्धनात्मक तथा स्तनपायी आमा कार्यक्रम बैशाख १८ गते नेपालगन्ज वडा नं १४ को बालेगाउँ २३ गते गोसाइपुर्वा र उदयपुर्वामा गरिने जानकारी गराउनु भएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology