(Friday 30th of October 2026)
`

कालपृष्ठ दैनिकका सम्पादक खत्री सम्मानित

  • सगरमाथा गन्तब्य
  • 6.7K
    SHARES

    खजुरा, वैशाख ३ गते – आयुर्वेद सेवाको प्रचार प्रसारमा महत्वपुर्ण योगदान गरेको भन्दैं कालपृष्ठ दैनिकका सम्पादक तथा गोरखापत्रकर्मी कमल खत्री सम्मानित हुनु भएको छ ।
    सोमबार खजुरा गाउँपालिकाको वडा नम्बर ३ मा भएको पञ्चकर्म तथा पुर्वकर्म थेरापी सेवाको उद्घाटन कार्यक्रममा खत्रीलाई सम्मान गरिएको थियो । खजुरा गाउँपालिका अध्यक्ष डम्बर बहादुर विकले खत्री सहित पत्रकार चन्द्र बोहोरा र खगेन्द्र दाहाललाई सम्मान गर्नु भएको हो ।
    कार्यक्रममा वर्ष भरी उत्कृष्ट काम गरेको भन्दैं नागरिक आरोग्य सेवा केन्द्र खजुरामा कार्यरत कार्यालय सहयोगी सविना केसीलाई सम्मान गरिएको थियो ।
    स्वास्थ्य सेवा आयुर्वेद समुह अन्तर्गत नागरिक आरोग्य सेवा केन्द्रको आयोजनामा सम्मान कार्यक्रम गरिएको थियो ।
    करिब डेढ दशकदेखि पत्रकारितामा सक्रिय खत्रीलाई आयुर्वेद सेवाको प्रचार प्रसार तथा जनचेतना मुलक सन्देश प्रवाह गर्न भुमिका निर्वाह गरेको भन्दैं सम्मान गरिएको हो । बाँकेमा आयुर्वेद सेवाको बारेमा खत्रीले नियमित रुपमा समाचार खेल्दैं गर्नु भएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology