(Friday 30th of October 2026)
`

शनिवारदेखि खजुराको धौलागिरीमा दोश्रो डम्बर रानाभाटको स्मृतिमा फुटवल प्रतियोगिता हुँदै

  • सगरमाथा गन्तब्य
  • 7.8K
    SHARES

    खजुरा । बाँकेको खजुरामा दोस्रो डम्मर रानाभाटको स्मृतिमा फुटबल प्रतियोगिता हुने भएको छ । हिमालय सामुदायिक क्लवको आयोजनामा खजुरा स्थित धौलागिरीमा दोस्रो डम्बर रानाभाट स्मृति फुटबल प्रतियोगिता हुने भएको हो । आयोजक हिमालय युवा क्लवले शुक्रवार खजुरामा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको तयारी पुरा भएको जनाएको छ ।
    पत्रकार सम्मेलनमा बोल्दै क्लवका अध्यक्ष किरण थापाले शनिबारबाट ३० गते सम्म प्रतियोगिता संचालन हुने जानकारी दिनुभयो । उहाँले १४ टिमको सहभागिता रहने प्रतियोगितामा प्रथम हुनेलाई ५५ हजार ५ सय ५५ रुपैयाँ मेडल र प्रमाण पत्र सहित दिइने बताउनुभयो । धौलागिरी स्थित नेरामाबीको प्राङ्गनमा प्रतियागिता संचालन हुने उहाँले जनाउनुभयो । उहाँका अनुसार प्रतियोगितामा दोस्रो हुनेलाई ३० हजार ५ सय ५५ मेडल र प्रमाणपत्र प्रदान गरिने छ ।


    पत्रकार सम्मेलनमा बोल्दै बाँके जिल्ला फुटबल संघका महासचिव कमल खत्रीले खेल अवधिभरका उत्कृट खेलाडीलाई संघको तर्फबाट ३ हजार १ सय प्रदान गरिने घोषणा गर्नुभयो । प्रतियोगितामा प्रथम पुरस्कारको प्रायोजन सहिद रानाभाटका दाजु सुर्यबहादुर रानाभाट र दोस्रो पुरस्कारको प्रायोजन चाचा ईट्टाभट्टाले गरेको आयोजकले जनाएको छ ।
    प्रतियोगिताको चैत्र २४ गते दिउँसो २ बजे सहिद रानाभाटका बुवा आमा र खजुरा गाँउपालिकाका प्रमुख डम्बर बिक (तुफान)ले गर्ने क्लवका सचिव जीवन कार्कीले जानकारी दिनुभयो । प्रतियोगितामा ३ लाख ४६ हजार खर्च हुने अनुमान आयोजकले गरेको छ । कार्यक्रममा फुटवल संघको तर्फबाट खेल सामाग्री (बल) महासचिव खत्रीले क्लवलाई हस्तान्तरण गर्नुभएको थियो ।
    कार्यक्रममा क्लवको टिम क्याप्टेन सुबास बुढाथोकी र संरक्षक देवबहादुर कुँवर लगायतको उपस्थिती रहेको थियो । प्रतियोगितामा हिमालय ए, २७ स्टार क्लव, चन्द्र ज्योति, समशेरगंज एकेडेमी, शान्ति स्पोर्टस के गाउँ, न्यजन प्रोपकारी युवा क्लव राप्ती, बागमती स्पोर्टस क्लव, मानवी एफसी नेपालगन्ज, ब्रोदर्स एफसी, जिप्रका बाँके, जय किसन एफसी, न्यु डाँफे स्पोर्टस, एक्टिभ युथ क्लव र हिमालय बि ले भाग लिएका छन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology