(Friday 30th of October 2026)
`

दादुरा रुबेला खोप अभियान सफल पार्न बैजनाथले खोप निमन्त्रणा कार्ड पठाउँदै

  • सगरमाथा गन्तब्य
  • 7.3K
    SHARES

    नेपालगन्ज : बाँकेको बैजनाथ गाउँपालिकामा दादुरा रुबेला खोप अभियान २०८० आजदेखि संचालन भएको छ । आइतवार बैजनाथ गाउँपालिकामा आयोजित स्थानिय तह स्तरिय खोप समन्वय समितिको बैठक तथा अभिमुखिकरण गोष्ठी कार्यक्रम संचालन गरि आजदेखि २३ गतेसम्म नियमित दादुरा रुबेला खोप अभियान संचालन गरेको हो । दादुरा रुबेला खोप अभियान अभिमुखिकरण गोष्ठी कार्यक्रममा बैजनाथ गाउँपालिकाका स्वास्थ्य शाखा सिअहेब दिवस अधिकारीले नेपालमा दादुरा रुबेलाको अवस्था बारे प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । प्रतिवेदनमा दादुरा रुबेला खोप अभियान ०७९÷०८० मा बाँकेमा ३२९ जना विरामी देखा परेको सिअहेब अधिकारीले प्रस्तुत गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ । कार्यक्रमलाई सफल पार्न खोज र खोप अभियान संचालनमा समेत जोड दिन उहाँले स्वास्थ्यकर्मीहरुलाई आग्रह गर्नुभयो । खोप सेवाको पहुँच नभएको क्षेत्र, बर्ग र समुदायको पहिचान गरि अभियानलाई सफल बनाउन आवश्यक रहेको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत राजेश कुमार यादवले बताउनुभयो । दादुरा रुबेला सरुवा रोग भएको हुनाले यो अभियानलाई स्वास्थ्यकर्मीले गम्भीरताका साथ लिन जरुरी रहेको प्रमुख प्रशासकिय अधिकृत यादवले बताउनुभयो । अभियानको क्रममा स्वास्थ्यकर्मीले बालवालिकाहरु प्रति गर्ने व्यवहारमा परिवर्तन ल्याउन जरुरी रहेको बताउदै उहाँले भन्नुभयो स्वास्थ्यकर्मीले बोलेको र प्रयोग गरेको राम्रो व्यवहारले यो अभियानले थप सार्थकता पाउने कुरामा उहाँले जोड दिनुभयो । अभियानलाई सफल पार्न घरघर, टोल टोलमा अभियानको कार्ड पठाउने कार्य भैरहेको बैजनाथ स्वास्थ्य शाखाले जनाएको छ ।


    बैजनाथमा दादुरा रुबेला खोप अभियान ९ महिनादेखि १५ बर्ष मुनिका बालवालिका सबैलाई खोप लगाउन संस्थागत विद्यालय, सामुदायिक विद्यालय, स्वास्थ्य संस्था, वडा वस्ती टोलमा खोप केन्द्र निर्धारण गरि अभियान संचालन गर्दै आएको बैजनाथ गाउँपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । बैजनाथ गाउँपालिकामा आव २०७९ मा १९ हजार ८ सय ५३ जनाले दादुरा रुबेला खोप लगाएका थिए जसमा पालिकाको लक्षित जनसंख्या १९ हजार ५ सय ५० जना रहेको थियो । बैजनाथ गाउँपालिकामा ७२ हजार जनसंख्या रहेको छ जसमा ४२ जना स्वास्थ्यकर्मी रहेका छन् । बैजनाथ गाउँपालिकाको सामाजिक विकास समितिका संयोजक भुमिसरा राणाको अध्यक्षतामा भएको स्थानिय तह स्तरिय खोप समन्वय समितिको बैठक तथा अभिमुखिकरण गोष्ठी कार्यक्रममा सिअहेब छैठौं तहका लक्ष्मण राज शाही, चन्द्र खडका, स्थानिय जनप्रतिनिधि, स्वास्थ्यकर्मी, पत्रकार लगायतको सहभागिता रहेको थियो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology