(Friday 30th of October 2026)
`

सेवाग्राही मैत्री प्रहरी सेवाको लागि नमूना नागरिक सहायता कक्षको स्थापना हुन आवश्यक छः कडायत

  • सगरमाथा गन्तब्य
  • 6.4K
    SHARES

    रुपनी जिएच : बाँके । लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायक महानिरीक्षक कुबेर कडायतले प्रहरीसँग नागरिकले सुरक्षा चाहाने हुँदा सुरक्षाका लागि प्रहरी परिसरमा रहेका भौतिक संरचनाहरु सुरक्षित हुन आवश्यक रहेको बताउनुभयो । आईतबार इलाका प्रहरी कार्यालय कोहलपुरमा नागरिक सहायता कक्षको नव निर्मित भवनको उदघाटन प्र.ना.म.नि कडायतले यस्तो बताउनु भएको हो । उहाँले इलाका प्रहरी कार्यालय कोहलपुर परिसरमा बनेको नागरिक सहायता कक्षको नव निर्मित भवन सुरक्षित रहेको बताउनुभयो । ‘न्याय पाउने आशामा इलाका आउने महिला बालबालिका तथा जेष्ठ नागरिकका लागि फरक फरक कार्यकक्षको निर्माण गर्नु नै आफैमा एउटा चुनौति हो ।’ उहाँले भन्नुभयो,‘प्रहरीले नागरिकलाई विश्वासको वातावरण महसुस गराउन सक्नु पर्दछ । जुन यस इलाकाले बनाउन सफल भएको छ ।’

    आईतबार बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेल र कोहलपुर नगरपालिका प्रमुख पूर्ण प्रसाद आचार्यद्वारा नागरिक सहायता कक्ष र महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्रको नव निर्मित भवनको उद्घाटन गरिएको थियो । सोही क्रममा प्रजिअ पोखरेलले कोहलपुर इलाका प्रहरी कार्यालयले देशकै लागि उदाहरणीय काम गरेको बताउनुभयो । जिल्लामा जिम्मेवारी बोकेर आउने कर्मचारीले सरकारी जागिर मात्रै खाएर कार्यकाल सकिएपछि फर्कने गरेको अवस्थामा कोहलपुर इलाका प्रमुखका नाताले डिएपी सुन्दर तिवारीले जिम्मेवारी बहन गर्नुका साथसाथै आफ्नो इलाकाको रूप नै बदलिदिएको उहाँको भनाई थियो । प्रजिअ पोखरेलले बाँके प्रशासनसँग श्रोतको अभाव नभएको बताउँदै बाँके बनाउनलाई जिम्मेवारी बोकेका कर्मचारीहरुलाई योजना र कार्यक्रम बनाएर अघि बढ्न सुझाव दिनुभयो । यस्का साथै उहाँले प्रहरी प्रशासनका लागि नागरी समाज र राजनीतिक दललाई काम गर्नका लागि उपर्युक्त वातावरणको श्रृजना गरिदिन अनुरोध समेत गर्नु भएको थियो । ‘नियामक निकायलाई नियम कानुन पालन गर्न बाध्य बनाउन जरुरी छ । यस्का लागि यहाँका नागरी समाज र राजनीतिक दलले उपयुक्त वातावरण बनाईदिन आवश्यक छ ।’ उहाँले भन्नुभयो । सोही क्रममा कोहलपुर नगरपालिकाका प्रमुख पूर्ण प्रसाद आचार्यले आफ्नो नगरमा नागरिकले पाउनु पर्ने हरेक खालका सेवा पाउनु पर्छ भन्दै त्यसका लागि इलाका प्रहरी कार्यालयमा नागरिक सहायता कक्षको स्थापना गरिएको बताउनुभयो । आईतबार इलाका प्रहरी कार्यालय कोहलपुरमा नागरिक सहायता कक्षको नव निर्मित भवनको उदघाटन गर्दै नगर प्रमुख आचार्यले यस्तो बताउनु भएको हो । ‘नगरवासीले कुनै पनि क्षेत्रबाट सेवा पाएनौं भन्ने कुरा सुन्न नपरोस् भनेर नै प्रत्येक क्षेत्रमा नगरपालिका संवेदनशील छ ।’ नगर प्रमुख आचार्यले भन्नुभयो,‘प्रहरीले दिने सेवा र प्रहरी कार्यालय पनि एक भएको हुँदा नगरले प्रहरी कार्यालयमा नागरिक सहायता कक्षको नयाँ भवन निर्माण गर्न आर्थिक सहयोग गरेको हो ।’

    उहाँले लुम्बिनी प्रदेश प्रमुख कडायतलाई आगमिदिनमा कोहलपुरको सुरक्षालाई व्यवस्थित गर्ने क्षमता भएको इलाका प्रमुख पठाउन आग्रह समेत गर्नुभएको थियो । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुवासचन्द्र बोहोराले प्रहरीसँग सहकार्य गरेर अघि बढ्न बाँके बासीलाई आग्रह गर्नुभयो । ‘नागरिकको हरेक दुःख सुखमा चौबिसै घण्टा प्रहरी नै साथी भएको हुन्छ ।’ उहाँले भन्नुभयो,‘प्रहरीलाई पनि साथी बनाएर बाँकेको शान्ति सुरक्षा कायम गर्न बासीलाई आग्रह गर्दछु ।’ उक्त भवन निर्माण २२ लाख ६२ हजार ५ सय ८ रुपैयाको लागतमा भवन निर्माण भएको इलाका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीले बताउनुभयो । उहाँका अनुसार १९ लाख ६२ हजार ५ सय ८ भवन निर्माण लागतमा खर्च भएको र ३ लाख बराबरको श्रमदान गरिएको छ । भवनमा ५ लाख ८ हजार रुपैयाँ फर्निशिङमा खर्च गरिएको डिएसपी तिवारीले बताउनुभयो । सो भवन वडा नं ११ को कार्यालय अन्तर्गत भवन निर्माण उपभोक्ता समिति गठन भई निर्माण गरिएको थियो । उक्त नव निर्मित भवनको पिउने पानी फिल्टर, डियापेन्सर र धारा निर्माणका लागि जानकी गाउँपालिकाले आर्थिक सहयोग गरेको हो । त्यसैगरी बालमैत्री वातावरण निर्माणका लागि गोरखा युनाइटेड पब्लिक स्कूल र शिक्षक महासंघ बाँकेले सहयोग गरेको छ । उक्त भवन सौन्दर्यीकरणका लागि बाँके राष्ट्रिय निकुञ्ज, ओभरी स्थित अर्जुनवाण गण र उद्योग वािणज्य संघ कोहलपुरले सहयोग गरेको डिएसपी तिवारीले जानकारी दिनुभयो कार्यक्रममा उत्कृष्ट प्रहरी कर्मचारीलाई सम्मान गरिएको थियो भने उक्त नागरिक सहायता कक्ष बनाउनका लागि आर्थिक सहयोग गर्ने कोहलपुर नगरपालिकालाई पनि सम्मान गरिएको थियो । यसका साथै एक सिसीटिभि सुरक्षित समाजको लागि योगदान पुर्याए बापत दश वटा संघ संस्थालाई पनि सम्मान गरिएको थियो । भवन निर्माण तथा सौंदर्यकरणका लागि महत्वपूर्ण योगदान गर्ने १९ जना व्यक्ति तथा संघ संस्थालाई कदर पत्रले सम्मान गरिएको थियो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology