(Friday 30th of October 2026)
`

आजदेखि ४५ प्रकारको मःम फेस्टिवल

  • सगरमाथा गन्तब्य
  • 7.2K
    SHARES

    नेपालगन्ज : सिद्धार्थ कटेज नेपालगन्जले आजदेखि तिन दिने मःम फेस्टिवल सुरु गरेको छ । फेस्टिवलमा मःमका पारखीहरुका लागि बिभिन्न फरक फरक स्वादका ४५ प्रकारका मःम राखिएको सिद्धार्थ ग्रुप अफ हस्पिटालिटीका निर्देशक केशव न्यौपानेले बताउनुभयो । बिहीवार मःम फेस्टिवल कार्यक्रमको उद्घाटन बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेलले गर्नुभयो । उद्घाटनका साथ साथै उहाँले मःमको नयाँ नयाँ परिकारका स्वाद समेत लिनुभएको थियो । स्थानिय उत्पादनहरुलाई प्रमोशन गर्ने उद्देश्यले मःम फेस्टिबलमा फापर, कोदो, तरुल, हिउदे सिमी, केरा, लगायत बिभिन्न स्थानिय परिकारबाट बनेका बिभिन्न स्वादका मःमका स्टलहरु राखिएको सिद्धार्थ कटेजका निर्देशक केशव न्यौपानेले बताउनुभयो ।
    पछिल्ला दिनहरुमा नेपालमा मःम निक्कै लोकप्रिय खाद्य परिकार बन्दै गएको छ । फेस्टिबलमा मःम पकाउने प्रतियोगिता, मःम क्विज लगायत लाइभ म्युजिक, दोहोरी साझ, गजल नाइट, स्पेन एण्ड बिन लगायतका बिभिन्न प्रतियोगिताहरु संचालन भएको सिद्धार्थ कटेजले जनाएको छ । बिगत २३ बर्षदेखि सेवा प्रदान गर्दै आएको सिद्धार्थ कजेटले नेपालगन्जमा स्वाद उत्सव, नेपाली र अग्रेजी नयाँ बर्षहरुमा लाइभ म्युजिक लगायतका कार्यक्रमहरु संचालन गर्दै आएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology