(Saturday 25th of July 2026)
`

एमालेले ग¥यो पाठेघर क्यान्सर सम्बन्धी शिविर, २०२ जनाको स्वास्थ्य चेकजाँच

  • सगरमाथा गन्तब्य
  • 8.8K
    SHARES

    नेपालगन्ज, २८ पुस – नेकपा एमाले बाँकेले पाठेघर क्यान्सर सम्बन्धी एक दिने स्वास्थ्य शिविर आयोजना गरेको छ । नेपालगन्ज उपमहानगरपालिका कमिटीको व्यवस्थापनमा वडा नं. २० राझास्थित आदर्श माविमा गरिएको स्वास्थ्य शिविरमा २०२ जनाले जाँच गरेका छन् । राजनीतिसंगै सामाज सेवालाई संगसंगै लैजाने उद्देश्यले बाँकेका सबै पालिकामा चैतभित्र पाठेघरको क्यान्सर सम्बन्धी स्वास्थ्य शिविर गरिने नेकपा एमाले बाँकेका अध्यक्ष किस्मत कुमार कक्षपतिले जानकारी दिए । सुशील कोइराला प्रखर क्यान्सर अस्पताल खजुराको प्राविधिक सहयोगमा आयोजना गरिएको शिविरमा विशषेज्ञ चिकित्सकबाट जाँच गर्नुका साथै निशुल्क आषैधी वितरण गरिएको थियो । शिविरमा अस्पतालका निर्देशक डा. निरज भट्टराई, क्यान्सर रोग विशषेज्ञ डा साजन थापालगायतको टीमले चेकजाँचको गरेको थियो ।

    जाँचमा आएका मध्ये ६ जनालाई संक्रमण देखिएको छ भने ८ जना बिरामीले फ्लोअप जाँच गराएको जनाइएको छ । शिविर उदघाटन समारोहमा नेकपा एमाले बाँकेका इन्चार्ज खेममान खड्काले एमालेले मिसन ग्रासरुट सम्पन्न गरेसंगै समाजमा पहिचान भएका विषयवस्तुलाई अगाडि बढाउने क्रममा पाठेघर क्यान्सरसम्बन्धी शिविरको आयोजना गरिएको बताए । एमालेका केन्द्रीय सदस्य तथा सांसद सूर्यप्रसाद ढकाल, दीपा शर्मा, केन्द्रीय सदस्य शान्ति ढकाल, प्रदेश कमिटी सदस्यहरु अशोक कर्माचार्य, मिना ढकाल, हलिम शाह, नेताहरु निरक गुरुङ, नगर अध्यक्ष दत्त प्रसाद आचार्य, स्वास्थ्यकर्मी संघ बाँकेका अध्यक्ष राजन शाहीलगायतका नेता कार्यकर्ताको सहभागिता रहेको थियो । राझामा शिविर आयोजना गरपछि स्थानीयका साथै हिमाली जिल्ला घर भई त्यहाँ बस्दै आएका महिलाहरुले पनि सेवा लिएका छन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology