नेपालगन्ज : नेपालगन्ज उपमहानगरपालिकाले मंगलवार ५ वटा इरिक्सामा डोजर चलायो । अवैध रुपमा रहेको ति ई रिक्सामा उपमहानगरले डोजर चलाउँदा चौतर्फी रुपमा विरोध भैरहेको छ । अबैध रुपमा रहेको ई रिक्सालाई नगरले डोजर चलाउदा ई रिक्सा व्यवसायी, राजनितीक दलका प्रतिनिधि, समाजसेवी लगायत श्रमजिवीकर्मी समेत यसबारे चौतर्फी विरोधमा उत्रिएका छन् । डोजर लगाउने वित्तिकै विरोधमा उत्रिएका ई रिक्सा व्यवसायीहरु नेपालगन्ज उपमहानगरपालिका अगाडी नाराबाजी सहित धर्ना दिएका छन् । अबैध मानिएको ईरिक्सामा डोजर चलाउनु कत्तिको जायज हो भन्दै ई रिक्सा व्यवसायीहरु आन्दोलनमा उत्रिएको ई रिक्सा चालक सलमान राईले भन्नुभयो । रिक्सा तोडफोड गर्नुभन्दा कानुनी प्रक्रिया गरि लिलामी रुपमा जानुपर्ने ठाउँमा रिक्सा माथि तोडफोड गर्नु जायज नभएको रिक्सा चालक राईले भन्नुभयो ।

नगरभित्र विभिन्न स्थानमा पार्किङको शुल्क लिदा पनि रेखदेखको जिम्मा नगरले नलिदा आफुहरु बारम्बार मर्कामा परेको रिक्सा चालक बताउँछन् । शुल्क लिदा रिक्साको समेत जिम्मा लिनुपर्ने हो तर नगरले शुल्क लिने तर जिम्मा नलिदा रिक्साको पार्टपुर्जा समेत हराएको रिक्साचालकहरुको गुनासो रहेको छ । मंगलवार ठुलो संख्यामा रिक्साहरु सडकमा तेर्साएर व्यवसायीले नगरपालिका कार्यालयको मुलगेटमा चर्का नाराबाजी गरेका छन् । ई रिक्सा व्यवसायी संघले इलेक्ट्रीक रिक्साको हकमा पुर्व स्थानीय सरकारले गरेको निर्णयलाई कार्यान्वयन गर्नुपर्ने, उपमहानगरपालिकाद्धारा नष्ट गरेका रिक्साको क्षतिपुर्ति दिनुपर्ने, नियन्त्रणमा लिइएका रिक्साहरुलाई एक पटकलई फिर्ता गर्नुपर्ने, उपमहानगरपालिकामा दर्ता भएका रिक्साहरुलाई नविकरण गरिदिनुपर्ने र उपमहानगरपालिकाले पारित गरेको ‘इलेक्ट्रीक रिक्सा व्यवस्थापन गर्ने सम्बन्धी कार्यविधि–२०७८’ पूर्ण रुपमा लागु गर्नुपर्ने माग राखेका छन् । आन्दोलनरत इलेक्ट्रीक रिक्सा व्यवसायीले अबैध रिक्सा ठहर भए प्रमाण पेश गर्न उपमहानगरपालिकालाई चेतावनी समेत दिएको स्थानिय हुसेन अन्सारीले बताउनुभयो ।
करिब १ महिना अगाडी रातो प्लेटका १ सय ५० बढि ईरिक्साहरु नेपालगन्ज उपमहानगरपालिकाले नियन्त्रणमा लिएको थियो । नियन्त्रणमा लिएको रिक्सा नगरले यातायात कार्यालयमा कालो प्लेट दर्ता गराउन आग्रह गरेको थियो । दर्ता गराउन आग्रह गर्दा समेत ई रिक्सा चालकले अटेरी गरि आफ्नो मनमर्जी गर्दा कानुन बमोजिम रिक्सामाथि डोजर लगाएको नेपालगन्ज उपमहानगरपालिकाले जनाएको छ । लामो समय इरिक्सा चालकलाई जानकारी र दर्ता प्रक्रियामा जान भनेपनि रिक्सा चालकको अटेरीले गर्दा अबैध रुपमा रहेको इ रिक्सालाई डोजर चलाएको उपमहानगरपालिकाले जनाएको छ । लामो समयसम्म वास्ता र कानुन विपरित रहेका २८ वटा रिक्सा मध्ये ५ वटा रिक्सामाथि डोजर लगाएर तोडफोड गरिएको मेयर प्रशान्त विष्टले जानकारी गराउनुभयो ।
६३१ रिक्सा नियन्त्रण मध्य ५५५ रिक्सा फर्किएको, ७६ वटा रिक्सा मध्ये पनि २८ वटा रिक्सामा समस्या देखिएको नगरले जनाएको छ । २८ मध्ये पनि १४ वटा रिक्सामा समस्या हो जसमा १० वटा रिक्सामा चेसिस नं. नमिलेको र ४ वटा वेल्डिङ भएको पाईएको हुनाले नगरको कानुन विधि प्रक्रिया पुरा गरे पनि त्यो प्रक्रियामा नगई अन्य प्रक्रिया पुरा गर्नुपर्ने मेयर विष्टले जानकारी गराउनुभयो ।
