(Saturday 25th of July 2026)
`

नेपालगन्जमा खुल्ला व्यायाम प्रतियोगिता २०८० को तयारी पूरा

  • सगरमाथा गन्तब्य
  • 6.9K
    SHARES

    नेपालगन्ज  :  नेपाली युथ फिटनेस एण्ड केलिसथेनिक्स नेपालगंजले आयोजना गर्न लागेको राष्ट्रियव्यापी खुल्ला व्यायाम प्रतियोगिता २०८० को तयारी पुरा भएको छ । शनिवार नेपालगन्जको विशालनगर अन्फा ग्राउण्डमा आयोजना गर्न लागेको यस ऐतिहासिक राष्ट्रियव्यापी खुल्ला व्यायाम प्रतियोगिता २०८० को तयारी पूरा भएको आयोजक टिमले आज नेपालगन्जमा पत्रकार सम्मेलन गरि जानकारी गराएको हो ।
    नेपाली युथ फिटनेस एण्ड केलिसथेनिक्स नेपालगंजले बिबि ग्रुपको मुख्य प्रायोजनामा शनिवार नेपालगंज स्थित देशभरबाट १००+ खेलाडीहरुको आवेदन सहितको बाक्लो सहभागीताका साथ यस विशाल प्रतियोगिता आयोजना हुन लागेको आयोजक टिमका अध्यक्ष तिलक शाहीले बताउनुभयो । यस प्रतियोगितालाई थप आकर्षक र सहज बनाउने अभिप्रायले पुरुष सर्किट खुल्ला, महिला सर्किट खुल्ला र पुरुष बार खुल्ला गरि ३ वटा विधामा खेल गराइनेछ उहाले पत्रकार सम्मेलनमा जानकारी गराउनुभयो ।
    प्रतिस्पर्धामा पुरुष सर्किट खुल्ला, महिला सर्किट खुल्ला र पुरुष बार खुल्ला अन्तर्गतको प्रत्येक विधामा प्रथम द्वितीय र तृतीय स्थान हासिल गर्ने सफल खेलाडीहरुलाइ प्रोत्साहन स्वरुप २० हजार, १५ हजार, १० हजार नगद पुरस्कार साथै मेडल ट्रोफी र आकर्षक उपहारहरुबाट पुरस्कृत गरिने आयोजक टिमका सचिव प्रकाश कथायतले जानकारी गराउनुभयो । राष्टव्यापी खेल यही बैशाखमा काठमाण्डौमा आयोजना गरिएको थियो भने काठमाण्डौ पछि नेपालगन्जमा गरिन लागेको आयोजकले जानकारी गराएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology