(Friday 30th of October 2026)
`

प्रथम किशोर सिंह राठौर यु–१६ कप क्रिकेट

  • मंगलप्रसाद र नेपालगन्ज मोडेल एकेडेमीले फाईनलमा प्रतिस्पर्धा गर्ने
  • सगरमाथा गन्तब्य
  • 5.6K
    SHARES

    नेपालगन्ज, पुष – प्रतियोगिताको नियम विपरित खेलाडी खेलाएको भन्दैं नेपालगन्ज सेन्ट जेभियर्स स्कुललाई कारबाही गरिएको छ । प्रथम किशोर सिंह राठौर यु–१६ कप क्रिकेट प्रतियोगिताको फाइनलमा नेपालगन्ज सेन्ट जेभियर्स र मंगल प्रसाद उच्च मावि हुने तय थियो । तर सेन्ट जेभियर्सले बढी उमेरका खेलाडी र अन्य विद्यालयमा अध्ययन गरिरहेका खेलाडीलाई आफनो टिमबाट खेलाएको प्रोटेस्ट परेको थियो । उक्त प्रोटेस्ट अनुसार सेन्ट जेभियर्सले नियमको उल्घन गरेको पाइएपछि प्रतियोगिताको फाइनल खेल्नबाट बच्चित गरेको आयोजक ज्योति स्पोर्टस एकेडेमीले जनाएको छ ।
    आयोजकले बिहिबार एक विज्ञप्ती जारी गदै अब प्रतियोगिताको फाइनलमा मंगल प्रसाद उच्च मावि र नेपालगन्ज मोडेल एकेडेमीबिच हुने जनाएको छ । नेपालगन्ज सेन्ट जेभियर्सले मंगलबार भएको दोस्रो सेमिफाइनलमा नेपालगन्ज मोडेल एकेडेमीलाई ७ विकेटलेहराउँदै फाइनलमा प्रवेश गरेको थियो ।
    ज्योति स्पोर्टस एकेडेमीले आयोजना गरेको प्रतियोगितामा बाँकेका १६ टिमको सहभागिता रहेको छ । प्रतियोगिताको समुह ‘ए’ मा जिभिएन, एबिसी, ड्रिमल्यान्ड, सेन्ट जेभिर्यस, फुल्टेक्रा मावि, श्रीचन्द्र मेवालाल र मंगल प्रसाद उच्च मावि रहेका छन् ।
    यसैगरी समुह ‘बी’ मा सिद्धार्थ विद्या सदन, जय बागेश्वरी मावि, ब्राइटल्यान्ड, नेपालगन्ज मोडेल एकेडेमी, पशुपति हाईस्कुल, आदर्श, मोर्डन, महेन्द्र र आइडियल पब्लिक स्कुल छन् ।
    प्रतियोगितामा सहभागि टिमलाई दुई समुहमा विभाजन गरेर नकआउटको आधारमा प्रतिस्पर्धा गराइएको छ ।
    प्रतियोगिताको विजेताले ५० हजार, उपविजेताले ३० हजार, उत्कृष्ट खेलाडीले १० हजार, उत्कृष्ट वलर, उत्कृष्ट फिल्डर, उत्कृष्ट ब्याटसम्यानले समान ५ हजार रुपैयाँ पाउनेछन् । प्रत्येक खेलको प्लेयर अफ द म्याचले १ हजार पुरस्कार प्राप्त गर्नेछ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology