(Friday 30th of October 2026)
`

समिक्षा अधिकारीले ‘ऐना हेर्दा हेर्दै गयो जोवन’ गाएपछि नाच्दै रमाए दर्शक

  • सगरमाथा गन्तब्य
  • 11.9K
    SHARES

    नेपालगन्ज : चर्चित गायीका समिक्षा अधिकारीको ‘कि म तिम्रै हो भन, कि मायाले भो भन ऐना हेर्दा हेर्दै गयो जोवन’ गाएपछि नाच्दै रमाएका छन् । मंगलवार नेपालगन्जको महोत्सवमा पछिल्लो समय दर्शकको मन जितेकी चर्चित गायीका अधिकारीले खुलेरै दर्शक सामु ‘कि म तिम्रै हो भन कि मायाले भो भन ऐना हेर्दा हेर्दै गयो जोवन’ बोलको गीत गाएपछि नेपालगन्ज महोत्सवका दर्शक नाच्दै रमाएका थिए ।
    महोत्सवमा अधिकारीले ‘फेरी कहां आउंछ र घुमेर यो बालापनको उमेर, धनगढीको बसमा आउंदा मलाई ल्याइदिनुन चट कालो चस्मा, कुरा बुझ्न पर्छ कुरा बुझ्न पर्छ जसले माया गर्छ उसलाई जोवन पर्छ, कि म तिम्रै हो भन कि मायाले भो भन ऐना हेर्दा हेर्दै गयो जोवन, मायालाई एउटा फुल दिनुपर्ला अरुलाई एकछिन भुल्दीनु पर्ला पोखरा बगर, हावा चिसो चिसो हजुरलाई जाडाें भा होला मेरो पछेउंरी लिस्यो, नबोली नबोली तिमीसंग नबोली दिनै ढल्दैन है माया तिमलाई नहेरी, तिम्रो मायाले मलाई हास्न सिकायो तिम्रो मायाले मलाई बाच्न सिकायो लगायतको गीतहरु गाउंदा महोत्सवको दर्शकहरु झुमी झुमी नाचेका थिए । गायीका अधिकारीले लगातार एकपछि एक आफ्ना चर्चित चर्चित गित गाएर दर्शकलाई नचाएका थिए । करिब दर्जन बढि उहाले आफ्ना र्चिर्चत चर्चित गित गाएका थिए ।


    यस्तै महोत्सवका आकर्षकमा विभिन्न खाले बालउद्यान, थारु गाउं, फोटो सेसनका लागि विभिन्न स्टल, सोनी डान्सको कला प्रस्तुत रहने आयोजक ए.जि. सर्भिस प्रा.लि.का संयोजक नन्द बुढाले जानकारी गराउनुभयो । हरेक दिन राष्ट्रिय कलाकारको बेजोड प्रस्तुतीरहनुका साथ थारु गाउंमा थारु परिकारहरुको स्वाद लिन सकिने आयोजकका संयोजक बुढाले बताउनुभयो । उक्त महोत्सव पुष १७ गतेसम्म संचालन हुने आयोजकले जनाएको छ । आज महोत्सवको उद्धोषण असोक रावल र प्रेरणा गिरीले संचालन गरेका थिए । यस्तै भोली नेपालगन्ज महोत्सवमा चर्चित गायीका कलाकार ज्योति मगर, मोडल बिजय पुन, गायक तथा उद्घोषक दिपु मगर लगायतको बेजोड प्रस्तुती रहने आयोजकले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology