(Friday 30th of October 2026)
`

होटल सोल्टीमा ‘न्यु इयर इभ’ हुँदै, ‘मंगोलियन हर्ट’ ब्याण्डको प्रस्तुती रहने

  • सगरमाथा गन्तब्य
  • 7.4K
    SHARES

    नेपालगन्ज , अंग्रेजी नयाँ वर्ष सन् २०२४ को अवसरमा नेपालगन्जस्थित होटल सोल्टीले गर्न लागेको ‘न्यु इयर इभ’ मा पहिलो ‘मंगोलियन हर्ट’ ब्याण्डको प्रस्तुती रहने भएको छ । उक्त ब्याण्डसँगै अन्य चर्चित कलाकारको पनि बेजोड प्रस्तुती रहने होटलले आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।
    होटल सोल्टी, नेपालगन्जका जनरल म्यानेजर राजबिक्रम शाहले नेपालगन्जको प्रचार–प्रसार र नयाँ वर्षमा मनोरञ्जन प्रदान गर्नका लागि ‘न्यु इयर इभ’ गर्न लागिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘हामीले सबै कुरा नाफाको रुपमा हेर्दैनौं, नेपालगन्जको प्रचार प्रसार होस् र अर्को कुरा अंग्रेजी नयाँ वर्षमा मनोरञ्जन पनि मिलोस् भन्ने उद्देश्यले कार्यक्रम गर्न लागेका हौं ।’


    उक्त कार्यक्रममा चर्चित ‘मंगोलियन हर्ट’ ब्याण्ड लगायत विभिन्न कलाकारको बेजोड प्रस्तुती रहने जनरल म्यानेजर शाहले बताउनुभयो । साँङगितिक कार्यक्रमका लागि कुल २० लाख रुपैयाँ खर्च हुने आयोजकले अनुमान गरेको छ । करिव ६ सय जना दर्शकले अवलोकन गर्ने अनुमान गरिएको उक्त कार्यक्रमका लागि १२ लाख रुपैयाँ बराबरको टिकट बिक्री हुने अपेक्षा गरिएको छ ।
    कार्यक्रममा छिमेकी देश भारतको बहराईच र लखनउ तथा नेपालगन्जका छिमेकी शहरबाट पनि दर्शकहरु अवलोकन गर्न आउने आयोजकको विश्वास छ । ‘भारतबाट मात्रै १ सय ५० भन्दा बढी दर्शकहरु कार्यक्रम अवलोकन गर्न आउने हामीले अनुमान गरेका छौं,’ होटलका मानव स्रोत म्यानेजर खम्बजंग शाहले भन्नुभयो ।
    चर्चित मंगोलियन हट ब्याण्ड पहिलो पटक पश्चिम नेपालको नेपालगन्जमा आउन लागेकाले दर्शकको उपस्थिती अपेक्षाकृत नै हुने उहाँले बताउनुभयो । पत्रकार सम्मेलनमा होटलका सेल्स म्यानेजर आकाश कुँवर लगायतले बोल्नुभएको थियो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology