(Friday 30th of October 2026)
`

नेपालगन्जमा २७ गते ‘आमा सेमिनार’ गरिदै

  • सगरमाथा गन्तब्य
  • 6.6K
    SHARES

    नेपालगन्ज : मानव सेवा आश्रम नेपालगन्ज शाखाले ‘आमा सेमिनार’ गर्ने तयारी गरेको छ । मानवता प्रवद्र्धन कार्यक्रम अन्तरगत यही मंसिर २७ गते एक दिने सेमिनार गर्न लागेको आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।
    मानव सेवा आश्रम नेपालगन्ज शाखामा आयोजित पत्रकार सम्मेलनमा आश्रमका केन्द्रीय महासचिव सुशिला केसी ‘रुपा’ ले बुधबार दिउँसो ३ बजेदेखी बेलुकी ६ बजेसम्म स्थानीय क्यु.एफ.एक्स. सिनेमा हलमा आमा सेमिनार चल्ने बताउनुभयो । ‘कतिपय बुवाआमाहरु सडक पेटीमा आउनु भएको छ, कतिपय घरभित्र खुम्चिएर बस्नु भएको छ, सुन्दर र सभ्य समाज निर्माण गर्नका लागि आमा सेमिनारले महत्वपूर्ण भुमिका निर्वाह गर्नेछ, यसले सकारात्मक प्रभाव पारेको महसुस हामीले गरेका छौं,’ उहाँले भन्नुभयो ।
    मानवमा असल चरित्र र असल संकार बसोस् भन्नका लागि हामीले कार्यक्रम गरेका छौं, यो कार्यक्रमको धेरै ठाउँबाट माग आइरहेको छ ।’ मानवता, राष्ट्रियता, परोपकार, राष्ट्र, प्रेम र आफुलाई जन्मदिने माता पिताको महत्व बोध गराई, प्रेम, सद्भाव, करुणालाई जन जनमा, मन–मनमा पुर्याउने उद्देश्यले सेमिनार आयोजना गरिएको आश्रमले जनाएको छ । देशलाई नै सहयोगापेक्षी सडक आश्रित मानवमुक्त राष्ट्र निर्माणको परिकल्पना गरी सेवा गरिरहेको आश्रमले उक्त सेमिनार बाँके जिल्लालाई केन्द्र बनाई जिल्लास्थित सम्पूर्ण जनप्रतिनिधिलाई कार्यक्रममा सहभागी गराउने जनाएको छ ।
    मानव सेवा आश्रम नेपालगन्जका संयोजक उर्विण सापकोटाले मान्छेमा आमा बुवाप्रति प्रेम हराउँदै गइरहेको अवस्थामा आमा सेमिनार गर्न लागिएको बताउनुभयो । ‘छोरा छोरीहरु जागिर र पैसालाई खुसी ठानेर अगाडी बढ्दै जादाँ आमा बुवाहरु घरमा एक्लै हुने र कमजोर हुदै जाने अवस्था छ, ‘जन–जननमा मानवता प्रवद्र्धन गर्नका लागि यो आमा सेमिनार गर्न गइरहेका छौं उहाँले भन्नुभयो ।’
    उक्त कार्यक्रममा आमा समुह, टोल विकास समिति, युवा समुह वा क्लब, शिक्षक, शिक्षिका, बिद्यार्थी, कर्मचारी, धार्मिक तथा आध्यात्मिक संघ, संस्थाका प्रतिनिधि, जनप्रतिनिधि, गैरसरकारी संस्थाका प्रतिनिधि, महिला स्वास्थ्य स्वयं सेविका, सञ्चारकर्मी समेतलाई समेटेर ३ सय जनाले सहभागिता जनाउने भएका छन् । मानवता अध्ययन केन्द्रको व्यवस्थापनमा हुन लागेको सेमिनार निःशुल्क हुने बताइएको छ । सहभागीले आश्रमका लागि वा अन्य स्थानमा यस्तै कार्यक्रम सञ्चालन गर्नका लागि स्वइच्छाले दान गर्न सक्नेछन् । आश्रमको केन्द्रीय कार्यक्रम अन्तरगत यसवर्ष ४५ स्थानमा आमा सेमिनार गर्ने योजना अनुरुप पर्सा, लमजुङ, हेटौंडा, दाङ लगायतका स्थानमा कार्यक्रम गरिसकेको छ । आश्रमको नेपालगन्ज शाखामा अहिले ५० जनाले आश्रय लिइरहेका छन् । त्यसमध्ये १२ जना महिला र ३ जना बालबालिका समेत रहेका छन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology