नेपालगन्ज । भ्रष्टाचारविरुद्धको अन्तरराष्ट्रिय दिवसका अवसरमा बाँकेको नेपालगन्जमा ‘नेपालगन्ज वाकाथन’ आयोजना भएको छ । उक्त वाकाथनमा नेपाल प्रहरीको ब्याण्डबाजा, विभिन्न सांस्कृतिक प्रस्तुति, झाँकी प्रदर्शन, पर्चा, पम्लपेट बोकी वाकाथन आयोजना गरिएको हो । तेस्रो पटक आयोजना भएको वाकाथनले नेपालगञ्जको परिचय बढाउने आयोजकको विश्वास रहेको छ । सन् २००३ को डिसेम्बर ९ मा संयुक्त राष्ट्रसङ्घीय महासभाले भ्रष्टाचारविरुद्धको महासन्धि पारित गरेपछि हरेक वर्ष उक्त दिवस मनाउने प्रचलन नेपालगन्जमा थालनी गरेको आयोजक बास नेपालका निर्देशक नमस्कार शाहले जानकारी गराउनुभयो । महासन्धि पारित भएको दिनलाई नेपालगन्जले सम्झेपनि राज्यले नसम्झिने गरेको प्रति उहाँले दुख व्यक्त गर्नुभयो । राज्यले हरेक दिवस मनाउने तर भ्रष्ट्राचार विरुद्धको दिवस नमनाउनु दुखद कुरा रहेको बास नेपालका निर्देशक शाहले बताउनुभयो ।

देशको निति निर्माताहरुले देशमा भ्रष्ट्राचार निर्मुलहोस भन्ने नचाहेको उहाँले बताउनुभयो । तसर्थ राज्यले भष्ट्राचार विरुद्ध दिवस मनाउन अनकनाएको शाहले बताउनुभयो । भ्रष्टाचारको विभिन्न कारण भएको हुनाले यसको कारण पत्ता लगाएर निर्मुल गर्न आवश्यक रहेको बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेलले बताउनुभयो । भ्रष्ट्राचारको मुख्य कारण कष्ट रहेको उहाँले जानकारी गराउदै यसलाई कम गराउन अति आवश्यक रहेको प्रजिअ पोखरेलले बताउनुभयो ।
हाम्रो समाजले भ्रष्टाचारलाई मान्यता दिएको छ यसलाई कसरी कम गर्ने बारे सोच्नुपर्ने जरुरी रहेको उहाँले बताउनुभयो । जसले समाजमा बढि खर्च र तामझाम देखायो उसैलाई मान्य राख्ने गरेको छ तसर्थ यस्तो खालको प्रबृति कम गर्न आवश्यक रहेको उहाँले बताउनुभयो । वाकाथनको व्यवस्थापन विभिन्न सरकारी तथा गैरसरकारी संस्थाको सहकार्यमा भइरहेको छ । बास नेपालले आयोजना गरेको ‘वाकाथन’ आज बिहान ८ बजे स्थानीय गणेशमान चोकबाट सुरु भइ विपीचोक हुँदै धम्बोझी चोकमा पुगेर समापन गरिएको छ । दिवसमा विभिन्न स्कूलका विद्यार्थी, समाजसेवी, बुद्धिजिवी, राजनीतिक दलका प्रतिनिधि, विभिन्न संघ संस्थाका प्रतिनिधि, पत्रकार लगायतको सहभागिता रहेको थियो ।

