(Friday 30th of October 2026)
`

कोहलपुरमा द रेमण्ड टेलर्स एण्ड सटिङ सुटिङ सेन्टर संचालनमा

  • सगरमाथा गन्तब्य
  • 8.5K
    SHARES

    नेपालगन्ज : बाँकेको कोहलपुरमा द रेमण्ड टेलर्स एण्ड सटिङ सुटिङ सेन्टर संचालनमा आएको छ । शुक्रबार पुर्व युवा तथा खेलकुद बिकास मन्त्री महेश्वर गहतराज (अथक) ले रिबन काटेर द रेमण्ड टेलर्स एण्ड सटिङ सुटिङ सेन्टरको उद्घाटन गर्नुभएको हो । पुर्ब मन्त्री गहतराजले व्यपार ठप्प भई आर्थिक अभाबका कारण सटरहरु बन्द गरेर बसेका व्यपारीहरुलाई द रेमण्ड टेलर्स एण्ड सटिङ सुटिङ सेन्टर संचालनमा ल्याउनुले थप प्रेरणा थपिने बताउनुभयो । पुर्ब मन्त्री गहतराजले द रेमण्ड टेलर्स एण्ड सटिङ सुटिङ सेन्टरले स्थानियवासीलाई शुलभ गुणस्तरिय सेवा प्रदान गर्न आग्रह गर्दै टेलर्सले थप प्रगतीको शुभकामना हासिल गरोस भन्ने धारणा राख्नुभयो ।


    लामो समय सटिङ सुटिङ सेन्टरमा दक्ष भएका सेन्टरका प्रोप्राईटर शालिकराम नगबाग र मोहित परियारलाई पुर्ब मन्त्रीले बधाई तथा व्यवसाय सफलताको शुभकामना समेत दिनुभएको थियो । प्रोप्राईटर नगबागका अनुसार न्यू स्टायल टेलर्स एण्ड सटिङ सुटिङ सेन्टर नाम रहेको टेलर्स नेपालगन्ज र कोहलपुरमा समेत रहेको बताउनुभयो । द रेमण्ड टेलर्स एण्ड सटिङ सुटिङ सेन्टर कोहलपुरमा तेस्रो शाखा रहेको प्रोप्राईटर नगबागले जानकारी गराउनुभयो । सटिङ सुटिङको सम्पुर्ण काम दक्ष कालीगढबाट प्रदान गरिने भएको हुनाले गुणस्तरिय सेवा प्रवाह गरिने प्रोप्राईटर मोहित परियारले जानकारी गराउनुभयो । टेर्लस एण्ड सुटिङ सेन्टरको उद्घाटन कार्यक्रममा नेपाल कपडा तथा सिलाई व्यवसायी महाँसंघका अध्यक्ष रामकृष्ण श्रेष्ठ, महासंघ सचिब रुपलाल परियार, महासंघ लुम्बिनी प्रदेश संयोजक सुरेन्द्र परियार, नेपाल दलित मुक्ति अभियानका उपाध्यक्ष तुलसिराम बिश्वकर्मा, घरेलु महासंघका केन्द्रिय सदस्य सेराकान्त शर्मा समाजसेवी, राजनितिक दलका प्रतिनिधि, पत्रकार लगायतको उपस्थिति रहेको थियो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology