(Friday 30th of October 2026)
`

नेको इन्स्योरेन्सद्धारा भूकम्प पीडितलाई ६ दिनभित्र भुक्तानी

  • सगरमाथा गन्तब्य
  • 7.2K
    SHARES

    नेपालगन्ज : नेको इन्स्योरेन्सले जाजरकोट र दैलेखका भूकम्प पीडितलाई मागदाबी रकम ६ दिनभित्र भुक्तानी गरेको छ । पीडितले दिएको निवेदनको आधारमा स्थलगत अध्ययन अनुसन्धान गरि आवश्यक कागजात तयार गरेर तत्काल भुक्तानी गरेको नेको इन्स्योरेन्सका कर्णाली प्रदेश प्रमुख रमेशराज शर्माले जानकारी दिए । जाजरकोट र दैलेखमा छुट्टाछुट्टै कार्यक्रमको आयोजना गरेर जाजरकोटका १० जना र दैलेखका ५ जना गरि १५ जनालाई निर्जीवन बीमा बापतको रकम भुक्तानी गरिएको प्रमुख शर्माले बताए । घरको बीमा गर्ने प्रचलन कमै भए पनि बैंक कारोबारका क्रममा यसरी बैंकले बीमा गरिदिएकोमा भूकम्पले घर भत्किँदा उनीहरूले रकम पाउँदा बैंक र इन्स्योरेन्सलाई आभारसहित धन्यवाद दिएका छन् । जाजरकोट जिल्ला समन्वय समितिका संयोजक र भेरी नगरपालिका उपमेयरसमेत चेक वितरणमा सहभागी थिए ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology