(Friday 30th of October 2026)
`

नेपालगन्जमा ट्याङकरले ठक्कर दिँदा एक महिलाको मृत्यु

  • सगरमाथा गन्तब्य
  • 5.6K
    SHARES

    नेपालगन्ज : पालगन्जको धम्बोझी चोकमा ट्याङकरले ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ । आईतवार नेपालगन्जको धम्बोझी चोकमा ट्याङकरको ठक्करबाट २२ बर्षिय महिलाको मृत्यु भएको हो ।
    ना ३ प ८८५२ नम्बरको रहेको ट्याङकरको ठक्कर दिँदा नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर–१७ परसपुरका २२ बर्षिय सालिनी पाठकको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी बाँकेले जनाएको छ ।
    भे ११ प ७६५७ नम्बर रहेको को मोटरसाईकलबाट धम्बोझी चोकदेखी विपी चोक जाने क्रममा धम्बोझी चोकको जेब्रा क्रसरमा ट्याङकरले ठक्करदिदा मोटरसाईकलमा सवार पाठकको मृत्यु भएको ट्राफिक प्रहरी जनाएको छ । उक्त ट्याङकरलाई चालक सहित नियन्त्रणमा लिएको जिल्ला ट्राफिक प्रहरी बाँकेले जानकारी दिएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology