नेपालगन्ज : लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियान बाँकेको नेपालगन्जमा पनि बिभिन्न कार्यक्रम गरि शुरु गरिएको छ । अखिल नेपाल महिला संघ नेपालगन्ज नगर कमिटीको आयोजनामा शनिवार नेपालगन्जको सेतु बिक चोकमा दिप प्रज्वलन गरि १६ दिने अभियान सुरु गरेकोे हो । “लैङ्गिक हिंशा अन्त्यको सुनिश्चितता ः महिला र बालबालिकामा लगानीको ऐक्यबद्धता” भन्नेमुल नाराका साथ सुरुवात गरिएको अभियानमा पश्चिम रुमुम र जाजारकोटमा गएको भुकम्पमा ज्यान गुमाएकाहरुको आत्माको चिरशान्तिका लागि समेत दिप प्रज्वलन गरिएको कार्यक्रमको प्रमुख अतिथी तथा अखिल नेपाल महिला संघको केन्द्रिय सदस्य अक्षरी पोख्रलले बताउनुभयो । उहाँको अनुसार अभियानको १६ दिननै बिभिन्न कार्यक्रम गरि मनाइने जानकारी गराउनुभयो । संबिधानमा महिला अधिकार स्पष्ट रहेको भन्दै त्यसलाई कार्यन्वयन गर्न महिला आफै जुझारु हुनुपर्ने उहाँले तर्क समेत राख्नुभयो । उक्त कार्यक्रममा अखिल नेपाल महिला संघको केन्द्रिय सदस्य, जिल्ला तथा नगर सदस्यहरुको सहभागीता रहेको थियो भने कार्यक्रमको संचालन अखिल नेपाल महिला संघको नगर समिटिका सचिब रुकमणी भारतीले गर्नुभएको थियो ।
