(Friday 30th of October 2026)
`

पहिलो लुम्बिनी प्रदेशस्तरीय स्विमिंग प्रतियोगिता सम्पन्न

  • सगरमाथा गन्तब्य
  • 6.7K
    SHARES

    नेपालगन्ज, कात्तिक २५ गते । नेपालगन्ज रंगशालामास्थित पौडी पोखरीमा पहिलो पटक आयोजना गरिएको लुम्बिनी प्रदेशस्तरीय स्विमिंग प्रतियोगिता सम्पन्न भएको छ । नेपालगन्ज स्विमिंग क्लबद्धारा शनिवार यहाँ आयोजित सो प्रतियोगिताको ५० मिटरको खुल्ला पुरुष तर्फको बटरफ्लाईमा नेपालगन्जका अमित रावलले स्वर्ण, दाङका सुवास पाण्डेले रजत र नेपाली सेनाका भुवन बोटेले कास्य पदक प्राप्त गर्नुभयो । यस्तै ५० मिटरकै खुल्ला पुरुष फ्रिस्टाइलमा दाङका सुवास पाण्डेले स्वर्ण, नेपाली सेनाका भुवन बोटेले रजत र नेपालगन्जका अमित रावलले कास्य पदक प्राप्त गर्नुभयो । महिलाको ५० मिटर खुल्ला फ्रिस्टाइलमा सुप्रिया रावलले स्वर्ण, डा. महिमा शाहले रजत र जमुना डाँगीले कास्य पदक प्राप्त गर्नुभयो ।
    सोही प्रकारले १५ वर्ष मुनिका बालिकाको ५० मिटर फ्रिस्टाइलमा जमुना डाँगीले स्वर्ण, संस्कृति अधिकारीले रजत र कश्बी गुरुंगले कास्य पदक जित्नुभयो । यस्तै १४ वर्षमुनिका बालकको ५० मिटर फ्रिस्टाइलमा अनमोल केसीले स्वर्ण, श्यामुल सुनारले रजत र उज्वल क्षेत्रीले कास्य पदक प्राप्त गर्नुभयो । सोही प्रकारले १२ वर्षमुनिका बालकको ५० मिटर फ्रिस्टाइलमा इभान्सु भट्टराईले स्वर्ण, प्रज्वल रानाले रजत र सिजन थापाले कास्य पदक प्राप्त गर्नुभयो । १२ वर्षमुनिका बालिकको ५० मिटर फ्रिस्टाइलमा सारिकाले स्वर्ण र आरोशी डिसीले रजत पदक प्राप्त गर्नुभयो ।


    सोही प्रकारले १० वर्षमुनिका बालकको २५ मिटर फ्रिस्टाइलमा सुशान्त बोहोराले स्वर्ण, बसन्त थारुले रजत र मनन् शर्माले कास्य पदक जित्नुभयो । यस्तै १० वर्षमुनिका बालिकाको २५ मिटर फ्रिस्टाइलमा सम्बृद्धि न्यौपानेले स्वर्ण र प्रिसेस जिसिले रजत पदक जित्नु भयो ।
    सोही प्रकारले ८ वर्षमुनिका बालकको २५ मिटर फ्रिस्टाइलमा संस्कार न्यौपानेले स्वर्ण, सुमित वाग्लेले रजत र रिजन बोहोराले कास्य पदक जित्नुभयो । पदक विजेता खेलाडीहरुलाई नेपाल पौडी संघका केन्द्रिय अध्यक्ष अशोक बज्राचार्य, लुम्बिनी प्रदेश खेलकुद परिषदका सदस्य सचिव जय भट्टराई, नेपालगन्ज उपमहानगरका मेयर प्रशान्त विष्ट, नेपालगन्ज स्विमिंग क्लबका अध्यक्ष केशवराज न्यौपाने लगायतले मेडल, प्रमाणपत्र र पुरस्कार वितरण गर्नुभयो । बाँके, बर्दिया, दाङ, रुपन्देही र नवलपरासीका ५६ जना खेलाडीले प्रतियोगितामा प्रतिष्पर्धा गरेका थिए । २०७६ सालमा नेपालगन्जमा सम्पन्न भएको आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि १९ करोडको लागतमा निर्माण गरिएपनि खेल हुन नसकेको सो पौडीपोखरीमा पहिलो पटक प्रतियोगिता आयोजना गरिएको हो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology