(Friday 30th of October 2026)
`

कोहलपुर गोल्डकप उपाधिको लागि त्रिभुवन आर्मी र चर्च व्वाईज भिड्ने

  • सगरमाथा गन्तब्य
  • 8K
    SHARES

    कोहलपुर । बाँकेको कोहलपुर जारी मुख्यमन्त्री कोहलपुर गोल्डकप प्रतियोगिता २०८० मा दुधौली स्पोर्ट क्लब सिन्धुलीलाई पराजित गर्दै त्रिभुवन आर्मी फुटबल क्लब काठमाण्डौ फाइनलमा प्रवेश गरेको छ । कोहलपुरस्थित तेह्र बिघा खेल मैदानमा भएको पाँचौ दिनमा भएको खेलमा त्रिभुवन आर्मी फुटबल क्लब काठमाण्डौले दुधौली स्पोर्ट क्लब सिन्धुलीलाई (४—१) गोलको अन्तरले पराजित गर्दै त्रिभुवन आर्मी फाइनलमा प्रवेश गरेको खेल संयोजक राम बहादुर मल्लले जानकारी दिए ।
    दुधौली स्पोर्ट क्लब सिन्धुलीका खेलाडी अजय कुमार श्रीवास्तवले खेल सुरु भएको २९ मिनेटमा गोल गरेका थिए । त्यसको विरुद्ध त्रिभुवन आर्मीका खेलाडी टंक बस्नेतले खेल सुरु भएको ३४ र ६१ मिनेटमा दुई गोल गर्न सफल भएका थिए । आर्मीकै खेलाडी मान बहादुर आले मगरले खेल सुरु भएको ७३ मिनेटमा गोल गर्न सफल भएका थिए । त्रिभुवन आर्मी फुटबल क्लब काठमाण्डौका खेलाडी मान बहादुर आले मगरले म्यान अफद म्याज धोषित भएका थिए । कोहलपुर वडा नं. १२ का वडा अध्यक्ष विरेन्द्र कुमार शाहले मगरलाई नगद रु ५ हजार रकम हतान्तरण गरे ।


    उपाधिका लागि त्रिभुवन आर्मी र चर्च व्वाईज भिड्ने
    कोहलपुरमा जारी मुख्यमन्त्री कोहलपुर गोल्डकप प्रतियोगिता २०८० को उपाधिका लागि त्रिभुवन आर्मी र चर्च व्वाईज बुधबार (२२ गते ) भिड्ने भएका छन् । त्रिभुवन आर्मी फुटबल क्लब काठमाण्डौ र दुधौली स्पोर्ट क्लब सिन्धुली विच भएको आजको खेलमा (४—१) गोल गर्दै त्रिभुवन आर्मी फुटबल क्लब काठमाण्डौं फाइनलमा प्रवेश गरेको हो । प्रतियोगिता सुरु भएको तेस्रो दिनमा भएको खेलमा चर्च व्वाईज यूनाईटेडले गोर्खा व्वाईजलाई (३—०) ले पराजित गर्दै फाइनलमा पुगेको थियो । प्रतियोगितामा अफ्रिकन देश क्यामरुनको एभिनियर एफसिसहित नेपालका चर्च व्वाइज यूनाइटेड काठमाडौँ, गोर्खा व्वाइज स्पोर्टस क्लब बुटवल, सुदूरपश्चिम ११, स्पोर्ट्स क्लब धनगढी, त्रिभुवन आर्मी फुटबल क्लब काठमाडौँ, कोहलपुर रेसिङ साहारा क्लब कोहलपुर, वि.एफ.सी. चितवन क्लब चितवन, र दुधौली स्पोर्ट्स क्लब सिन्धुली गरी ८ टोलीको सहभागिता रहेको खेल संयोजक राम बहादुर मल्ले जानकारी दिनुभयो ।


    प्रतियोगितामा प्रथम हुनेलाई ८ लाख रुपैया र दोस्रो पुरस्कार ४ लाखसहित ट्रफी प्रदान गरिने रेसिङ्ग साहारा क्लबका अध्यक्ष चक्र क्षेत्रीले जानकारी दिनुभयो । प्याराफिटमा १ सय रुपैया लाग्नेछ भने ग्राउण्डमा ५० रुपैया लाग्ने अध्यक्ष क्षेत्रीले बताउनुभयो । प्रतियोगिता कात्तिक २२ गतेसम्म सञ्चालन हुनेछ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology