(Friday 30th of October 2026)
`

कोहलपुरमा नगर स्तरीय प्रेस चौतारी गठन, अध्यक्षमा प्रमोद रिजाल

  • सगरमाथा गन्तब्य
  • 8.5K
    SHARES

    कोहलपुर,बाँके: देश संघियतामा गई सकेपछि नेपाल पत्रकार महासंघले संघियता सम्बन्धि अविलम्ब गरेको निती अनुरुप प्रेस चौतारी बाँकेले आज कोहलपुर नगरपालिकामा नगर स्तरीय प्रेस चौतारी गठन गरेको छ । आज आईतवार कोहलपुरमा आयोजित नेकपा एमालेको भातृ संगठनका रुपमा रहेको प्रेस चौतारी बाँकेले कोहलपुरमा प्रथम भेला तथा अधिबेशनको आयोजना गर्दै क्रियाशिल पत्रकार प्रमोद रिजालको अध्यक्षतामा ९ सदस्य रहेको नगर कमिटि सर्वसम्मत रुपमा चयन गरेको हो । अधिबेशनले उपाध्यक्षमा ईश्वर पौडेल, महिला उपाध्यक्षमा ज्ञानु थापा, सचिवमा रवि रोकाय, सह सचिवमा विजय परियार, कोषाध्यक्षमा सजन कुमार आरसि र सदस्यहरुमा देवी सुनार,क्षितिज मगर र टार्जन वलीलाई सर्वसम्मत चयन गरेको प्रेस चौतारी बाँकेका अध्यक्ष दुर्गा रोकायले जनाएका छन । २०५९ सालदेखि कोहलपुर क्षेत्रमा रहेर निरन्तर पत्रकारीता क्षेत्रमा क्रियाशिल रिजालको नेतृत्वबाट चौतारीले नगर स्तरमा जनतालाई निश्पक्ष सुचना प्रवाह र खबरदारीमा शशक्त र चलाएमान रहने विश्वास ब्यक्त गरेको छ । नगर स्तरीय भेला तथा प्रथम अधिबेशनको उदघाटन शत्रमा प्रमुख अतिथी एबं नेकपा एमालेका केन्द्रिय सदस्य बाँके क्षेत्र नं. १ का माननिय सांसद सुर्य प्रसाद ढकालले देश चरम आर्थिक उत्कर्षमा पुगेको वताउदै सरकारी पक्षबाट हुने क्रियाकलापहरुलाई सुक्ष्म रुपले नियालेर जनता सामु ल्याउन पत्रकार जगत समक्ष अनुरोध गरेका छन । उनले राज्यले आफना कर्मचारीहरुलाई समेत तलव भत्ता खुवाउन नसकेको प्रति ईगित गर्दै देश टाट पल्टिने स्थितीमा रहेको भन्दै उत्पादनमुखि कार्यक्रमहरु समयमा नल्याउने हो भने नेपालीहरु विगठनको संघारमा जाने दावि गरे । आफुले निर्वाचित भई सकेपछि बाँके क्षेत्र नं. १ को विकासका लागि बिभिन्न मन्त्रालय र बिभागहरुमा गई पटक पटक ध्यानाकर्षण गराईरहेको स्मरण गर्दै कतिपय परियोजनाहरु टेण्डर प्रक्रियामा रहेकाले आफनो क्षेत्रका जनतालाई विकासको गति सुस्त रहे खबरदारि गरिरहन समेत आग्रह गरे । बिशिष्ट अतिथी नेकपा एमालेका केन्द्रिय सदस्य तथा कोहलपुर नगर कमिटी ईन्चार्ज मोहम्मद हारुनले प्रेस चौतारी बाँके पत्रकारिता क्षेत्रको ईतिहास समेत भएको उल्लेख गर्दै चौतारी संबद्ध पत्रकारहरुलाई रचनात्मक कार्यमा लाग्न आग्रह गरे । उनले अहिले गैर पत्रकारहरुको हालि मुहाली चलिरहेको भन्दै केन्द्रि सदस्य हारुनले चौतारीले खबरदारि गर्न ढिला गर्न नहुनेमा जोड दिए । प्रेस चौतारी बाँकेका उपाध्यक्ष बिनोद भट्टराईको स्वागत मन्तब्यसंगै शुभारम्भ गरिएको कार्यक्रममा लुम्बिनी प्रदेश सदस्य गोपाल गिरी, प्रेस चौतारीका पुर्व केन्द्रिय उपाध्यक्ष शिव डोटेल, नेकपा एमाले कोहलपुर नगर कमिटी अध्यक्ष नम प्रसाद शर्मा, कोहलपुर नगरपालिका वडा नं. ११ का वडा अध्यक्ष कल्पना अधिकारी,प्रेस चौतारीका नेताहरु भेषराज वस्नेत,डिल प्रकाश गौतम,हेमन्त वि.क., नेपाल पत्रकार महासंघ बाँकेका उपाध्यक्ष संगिन शर्मा, प्रेस युनियन बाँकेका अध्यक्ष प्रिया स्मृती ढकाल, प्रेस सेन्टर कोहलपुर नगर कमिटी अध्यक्ष पुष्पराज हमाल लगाएत अतिथीहरुले चौतारीको प्रथम अधिबेशनको सफलताको शुभकामना मन्तब्य ब्यक्त गरेका थिए । प्रेस चौतारी बाँकेका अध्यक्ष दुर्गा रोकायको अध्यक्षमा आयोजित कार्यक्रमको सञ्चालन सचिव कमल डाँगिले गरेका थिए भने कार्यक्रममा कोहलपुर क्षेत्रका क्रियाशिल पत्रकार जिल्ला स्थित बिभिन्न पत्रकारका नेता नेकपा एमाले सम्बद्ध नेताहरुको सहभागिता रहेको थियो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology