(Saturday 25th of July 2026)
`

एमाले बाँकेद्धारा तीनदिने पार्टीको आन्तरिक आधारभुत तहको स्कूल सञ्चालन

  • सगरमाथा गन्तब्य
  • 6.9K
    SHARES

    नेपालगन्ज : नेकपा (एमाले) बाँकेले शुक्रवारदेखी तीनदिने पार्टीको आन्तरिक आधारभुत तहको स्कूल सञ्चालन गरेको छ । पार्टीका उपमहासचिव तथा विभागका प्रमुख प्रदीप ज्ञवालीले स्कूलको उद्घाटन गरे । स्कूल उद्घाटन गर्दै उपमहासचिव ज्ञवालीले राजनीतिक दलका कार्यकर्तामा अध्यनशिलता अभाव देखिएको बताए । पार्टीले बिचारको सही बिश्लेषण गर्न सक्ने नेता कार्यकर्ता उत्पन्न गर्ने गरी देशभर स्कुल संचालन गर्ने नीति बनाएको ज्ञवालीको भनाई छ ।
    ‘जति अध्ययन ग¥यो त्यति राम्रो । जोकोहीले पढ्नैपर्छ । कम्तिमा एमालेका नेता कार्यकर्ता अध्ययनशिल हुनुपर्छ ।’–ज्ञवालीले भने । एमाले बाँकेका अध्यक्ष किस्मत कक्षपतिले लुम्बिनीमै पहिलो पटक बाँकेमा स्कुल संचालन गरिएको बताए । प्रोजेक्टर,ल्यापटप जस्ता सुविधा सम्पन्न साधनस्रोतको उपयोग गरी सबै तहतप्काका नेता कार्यकर्तालाई स्कुलमा सहभागि गराउने जानकारी दिए ।
    एमाले बाँके स्कुल विभागका प्रमुख एवं पार्टी उपाध्यक्ष डिल्ली बिसीका अनुसार तीन दिन चल्ने स्कुलमा पालिका कमिटी पदाधिकारीहरुको सहभागि रहेको छ । स्कुल अवधिमा उपमहासचिव प्रदीप ज्ञवालीले जनताको बहुदलीय जनवाद, भानुभक्त ढकालले जनसंगठन, परिचालन र कार्यक्रम, लक्ष्मण ज्ञवालीले महाधिवेशनबाट पारित दस्ताबेज, सुर्य ढकालले समृद्ध नेपाल,सुखी नेपालको अवधारणा सहित अनय नेताहरुले बिभिन्न बिषयमा प्रशिक्षण दिने छन् ।
    बैठकले आधारभूत तहमा वैचारिक प्रशिक्षणका लागि पाठ्य सामग्री तयार गर्ने निर्णय पनि गरेको केन्द्रीय सदस्य तथा स्कुल विभागका सचिव पेम्वा लामाले वताउनुभयो । पार्टीले सञ्चालन गरेको मिसन ग्रासरुट (पार्टी सुदृढीकरण तथा विस्तार अभियान) का क्रममा कार्यकर्तालाई राजनीतिक तथा वैचारिक प्रशिक्षणको आवश्यकता महसुस गरी पार्टीको गत बैशाख २८ देखि ३० गतेसम्म बसेको केन्द्रीय कमिटीको बैठकले उच्च, मध्यम र आधारभूत तहको प्रशिक्षण चलाउने र त्यसका लागि स्कुल विभागले पाठ्यक्रम बनाउने निर्णय गरेको थियो ।
    स्कुल विभागको बैठकमा यही बैशाख ११ र १२ गते हुने स्थानीय तहका प्रमुख तथा उपप्रमुखको कार्यशालाको तयारीका विषयमा पनि छलफल भएको छ । विभागले उक्त कार्यशालाको सहजीकरण गर्दै छ । स्थानीय तहमा बजेट निर्माणको समय भएकाले कार्यशालामा बजेटका प्राथमिकता निर्धारणका विषयमा विज्ञहरूबाट प्रशिक्षण दिइने छ । काठमाडौंमा हुने कार्यशालामा पार्टीबाट निर्वाचित पालिका प्रमुख तथा उपप्रमुखको सहभागिता रहने छ । स्कुल विभागले गतबर्षदेखि नै स्कुल (प्रशिक्षण) सञ्चालन गर्दै आएको छ । संसदीय निर्वाचन र पार्टीले सञ्चालन गरेको मिसन ग्रासरुटका कारण रोकिएको स्कुल असारदेखि पुनः सञ्चालन गर्न लागिएको हो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology