(Friday 30th of October 2026)
`

समाचारको विषयलाई लिएर स्वास्थ्य प्रमुख ठकुरीद्धारा पत्रकारलाई धम्की आफु मातहतको कर्मचारीको जिम्मा लिन नसकिने प्रमुख प्रशासकिय अधिकृत ढकालको भनाई

  • सगरमाथा गन्तब्य
  • 11K
    SHARES

    कोहलपुर । कोहलपुर नगरपालिकामा कार्यरत कर्मचारी कतिसम्म अशिष्ठ र गैरजिम्मेवार छन् भन्ने पछिल्लो एक घटनाले प्रमाणित गरेको छ । कोहलपुर क्षेत्रबाट प्रकाशित कोहलपुर टाइम्स अनलाइन न्यूज पोर्टलमा “नगर अस्पतालमा सिटामोल छैन” शिर्षकमा प्रकाशित समाचारलाई लिएर नगर स्वास्थ्य प्रमुख अनिल सेन ठकुरीले टाइम्सका कार्यकारी सम्पादकलाई अश्लिल गाली गलौज गर्दै ज्यान मार्ने धम्की दिएका छन् । बुधवार अपरान्ह १ः१९ बजे टाइम्सका कार्यकारी सम्पादक प्रमोद रिजाललाई फोन सम्पर्क गरेर अश्लिल तथा अपशब्द प्रयाग गर्दै जे पायो त्यही समाचार किन प्रकाशित गरेको मु…., जा…, मा……द जस्ता शब्द प्रयोग गरेर दुव्र्यवहार गर्दै ज्यान मार्ने धम्की दिएका हुन् । तँ कहाँ छस् ? यहाँ आइज भनेर नगर स्वास्थ्य प्रमुख सेनले धम्की दिएपछि मानसिक रुपमा पीडा थपिएको पीडित पत्रकार रिजालले बताए । घटना लगत्तै आपूmलाई पीडित पत्रकार रिजालले जानकारी गराएको नेपाल पत्रकार महासंघ बाँकेका कार्यवहाक अध्यक्ष संगीन शर्मा बताए । घटनाबारे जानकारी लिन तथा समस्या समाधानका लागि पहल लिन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ढोलकराज ढकाललाई मोवाइलमा सम्पर्क गर्दा गैरजिम्मेवापूर्ण अभिव्यक्ति दिएका कारण घटनाक्रम थप पेचिलो बन्न सक्ने शर्माले बताए । “आपूm मातहतका कर्मचारीलाई निमयन गरी घटनाबारे संवेदनशील बन्नुको सट्टा घटनालाई हल्का रुपमा लिँदै जुन अभिव्यक्ति प्रमुख प्रशासकीय अधिकृतले दिनुभयो उहाँको अभिव्यक्तिले उहाँ प्रेस स्वतन्त्रताको पक्षमा कत्तिको संवेदनशील र कत्तिको सञ्चारमैत्री हुुनुहुँदो रहेछ हामीले बुझ्न पायौं”, महासंघका कार्यवहाक अध्यक्ष शर्माले भने । तपाई मातहतका कर्मचारीबाट पत्रकारलाई दुव्र्यवहार सहित धम्की आउनु राम्रो विषय होइन, यस्ता गतिविधी निरुत्साहित गर्न पहल गर्नुस् भन्ने आग्रह गर्दा यो नगर स्वास्थ्य प्रमुखको व्यक्तिगत कुरा हो, नगरपालिका यस विषयमा नगरपालिकाको कुनै धारणा छैन भन्दै गैर जिम्मेवारपना प्रस्तुत गरेको शर्माले बताए ।

    यसै विषयमा फोन सम्पर्क गरेर घटनाबारे जानकारी लिन कोहलपुर टाइम्सका प्रकाशक÷सम्पादक विष्णु वेल्वासेले कोहलपुर नगरपालिका प्रमुख प्रसाशकीय अधिकृत ढोलकराज ढकालसँग मोवाइलमा सम्पर्क गर्दा गैरजिम्मेवापूर्ण अधिव्यक्ति दिएको बताए । यसै विषयलाई लिएर नेपाल पत्रकार महासंघ बाँके सहित विभिन्न पेशागत संघ संगठनले बुधवार छुट्टा–छुट्टै बिज्ञप्ति जारी गर्दै घटनाप्रति गम्भिर ध्यानाकर्षण भएको जनाएका छन् । नेपाल पत्रकार महासंघ बाँके सचिव कमल डांगीद्वारा हस्ताक्षरित बिज्ञप्तिमा समाचारको विषयलाई लिएर कोहलपुर नगरपालिका नगर स्वास्थ्य शाखा प्रमुख अनिल सेन ठकुरीले अश्लिल र अमार्यादित भाषाको प्रयोग गर्दै धम्की दिएको घटनाप्रति नेपाल पत्रकार महासंघ बाँके शाखाको गम्भिर ध्यानाकर्षण भएको जनाईएको छ । महासंघले घटनामा संलग्न उपर कानुनी कारबाही गर्न माग गर्दै आगामी दिनमा यस प्रकारका प्रेस स्वतन्त्रता बिरोधी गतिविधि नगर्न सम्बन्धित सबै पक्षलाई सचेत समेत गराएको छ । यसैबिच प्रेस चोतारी नेपाल, प्रेस सेन्टर नेपाल, क्रियाशिल पत्रकार समुह बाँकेले समेत विज्ञप्ती जारी गरी घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै दोषी उपर कडा कारबाहीको माग गरेका छन ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology