(Saturday 25th of July 2026)
`

युवा संघ जाजरकोटका अध्यक्ष सरोजद्धारा क्यान्सर पिडित सिंहलाई सहयोग (भिडियो सहित)

  • सगरमाथा गन्तब्य
  • 21K
    SHARES

    नेपालगन्ज : जाजरकोट छेडागाड नगरपालिका १२ का क्यान्सर पिडित शेर बहादुर सिंहलाई युवाहरुले सहयोग प्रदान गरेका छन् । राष्ट्रिय युवा संघ नेपाल जाजरकोट जिल्लाका अध्यक्ष सरोज जंग शाही, अर्जुन शाही, देबेन्द्र सिंह लगायतको युवाहरुको टिमले क्यान्सर पिडित सिंहलाई सहयोग प्रदान गर्नुभएको हो । करिव १ बर्ष पहिलेदेखि क्यान्सरबाट पिडित सिंहलाई आज अस्पतालकै आइसियुमा गएर उनिहरुले नगद १ लाख ५० हजार सहयोग प्रदान गरेको समाजसेवी युवा नेता सरोज जंग शाहीले बताउनुभयो । शुसिल कोइरला प्रखर क्यान्सर अस्पताल खजुरामा उपचाररत सिंहको आईसियु कक्ष खजुरामा एक हप्तादेखि उपचार भैरहेको छ ।


    भारतमा काम गर्न गएका सिंह उतैबाट क्यान्सर पिडित भएका थिए । भारतकै विभिन्न स्थानमा उपचार पश्चात उहाँलाई सन्चो नभएपछि खजुरा स्थित सुशिल कोइराला प्रखर क्यान्सर अस्पतालमा भर्ना गरिएको थियो । अस्पतालमा उपचाररत सिंहको आर्थिक अवस्था कमजोरी भएको कारण उहाँको उपचारमा सहजता प्रदान होस भन्ने हिसावले सरोज जंग शाही, अर्जुन शाही, देबेन्द्र सिंह र शिरिष जंग शाहीको पहलमा सहयोग संकलन सुरु गरिएको थियो । ३ दिनमा उनिहरुले स्वच्छिक रुपमा सहयोग संकलन गरि नगद रु १ लाख ५० हजार क्यान्सर पिडित सिंहलाई रकम हस्तान्त्रण गर्नुभएको थियो । शुसिल कोइरला प्रखर क्यान्सर अस्पताल विकास समितिका अध्यक्ष टेकेन्द्र मल्लले आफुबाट हुने सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो । यस्तै प्रखर परोपकार संघका महासचिव बिबेक लामिछाने, समाजसेवी युवा अगुवा, पत्रकार लगायतको उपस्थितिमा रकम हस्तान्त्रण गरिएको थियो ।

     

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology