(Friday 30th of October 2026)
`

बिदाको दिन सरकारी सवारीसाधन दुरुपयोग भएको भन्दै अनेरास्ववियुको निगरानी

  • सगरमाथा गन्तब्य
  • 14.4K
    SHARES

    नेपालगन्ज : बिदाको दिन पनि सरकारी सवारीसाधनको दुरुपयोग गरेको भन्दै नेपालगन्ज उपमहानगरपालिकामा सरकारी गाडी सञ्चालनमा रोक लगाईको छ । नेकपा एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) बाँकेले शनिवारका दिन नेपालगन्जमा सरकारी गाडी संचालनमा रोक लगाएका हुन् । बिदाको दिन पनि सरकारी गाडीको दुरुपयोग गरिएको भन्दै नेपालगन्जको धम्बोझी चोकमा अनेरास्ववियुका युवाहरुले सरकारी गाडीलाई निगरानी गरि नियन्त्रणमा लिएका थिए । शनिवार करिव २/३ घण्टा भित्र नेपालगन्जको धम्बोझी चोकबाट करिव २० वटा सरकारी गाडी नियन्त्रणमा लिएको युवा नेता प्रकाश विश्वकर्माले बताउनुभयो । विदाको दिन अत्यावश्यक काम बाहेक सरकारी सवारीसधान दुरुपयोग नहोस भन्ने उद्देश्यका साथ विदाको दिन निगरानी गर्दै कडाई गरेको उहाँले भन्नुभयो ।
    यस्तै अनेरास्ववियु बाँकेले विद्यार्थीलाई सार्वजनिक यातायातमा ४५% छुट गराउन जिल्ला प्रशासन कार्यालय बाँकेमा ज्ञापनपत्र बुझाईएको छ भने विद्यार्थीलाई फिल्म हलमा पनि विशेष छुटको व्यवस्था गराउन फिल्म हलका संचालकहरुलाई ज्ञापनपत्र बुझाएको छ । ज्ञापनपत्रको यथाशीघ्र मागहरु सम्बोधन नगरे आन्दोलन गर्न बाध्य हुने विद्यार्थी नेताहरुले बताएका छन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology