(Saturday 25th of July 2026)
`

ट्राफिक व्यवस्थापनलाई चुस्तदुरुष्त बनाउँछु : ट्राफिक प्रहरी प्रमुख सुबेदी

  • सगरमाथा गन्तब्य
  • 13.1K
    SHARES

    नेपालगन्ज : बाँकेमा ट्राफिक सचेतनाका लागि प्रहरीले आम नागरिकसंग सहकार्य गर्ने भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयले सर्वसाधारणमा ट्राफिक नियम सचेतना अभिबृद्धि गर्नका लागि नागरिकसंग सहकार्य गरेर कार्यक्रम गर्ने भएको हो । बाँके ट्राफिकको कमाण्ड सम्हाल्नु भएका प्रहरी निरिक्षक एंव बाँकेका ट्राफिक प्रमुख गोपीकृष्ण सुबेदीले आम नागरिकमा ट्राफिक नियम, मापदण्ड तथा नेपालगन्ज शहरमा सवारी साधानको व्यवस्थापनका लागि नागरिकसंग सहकार्य गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो ।

    प्रहरी प्रमुख सुवेदीले पश्चिम नेपालको हब रहेको बाँके जिल्ला यसमा पनि नेपालगन्ज र कोहलपुर जस्तो बजारमा सवारी साधानलाई कारवाहीभन्दा उनिहरुलाई नै सर्वसाधारणमैत्री बनाउन प्रहरीले नागरिकसंग सहकार्य गर्नुपर्ने आवश्यकता देखिएको बताउनुभयो । ट्राफिकमा सिमित दरबन्दीका बाबजुद पश्चिमको ठुलो शहरको व्यवस्थापनमा चुनौती समेत रहेको प्रमुख सुवेदीले बताउनुभयो । बढ्दो सवारी साधानको प्रयोग, बाटोघाटोको विस्तार, शहरीकरणले सवारीसाधान व्यवस्थापनमा चुनौती थपिरहेको उहाँले बताउनुभयो ।

    हामीले सवै सवारी धनी र चालकलाई एकै किसिमको व्यवहार प्रर्दशन गर्न चाहेपनि कतिपय अवस्थामा यस्ता व्यक्तिहरु नै अट्टेरी गर्छन् । प्रमुख सुवेदीले भन्नुभयो त्यस्तो अवस्थामा बाध्यताबस कारवाही गर्नुको अर्को कुनै बिकल्प नै हुँदैन । बढ्दो अटोरिक्सा, बिभिन्न साधानहरु, मोटरसाईकल दैनिक दुर्घटना हुनुको पछाडी बाटो पनि एउटा कारण रहेको बताउँदै प्रमुख सुवेदीले बाटोमा हिड्ने सर्वसाधारण, सवारी धनी, चालक, व्यवसायीले पनि ध्यान दिनुपर्ने बताउनुभयो । यस्ता तमाम समस्याहरुको समाधानका लागि सबै क्षेत्रका व्यक्तिहरुलाई ट्राफिक नियमको पालना गर्न जिम्मेवारी बनाउन नागरिकसँग सहकार्य गर्ने प्रमुख सुवेदीले स्पष्ट पार्नुभयो । हाल बाँकेमा २४ जनाको दरबन्दी रहेको छ भने जम्मा ७२ जना ट्राफिक प्रहरी कार्यरत रहेका छन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology