(Friday 30th of October 2026)
`

बाँके जिल्ला एथलेटिक्स संघमा राजेन्द्र कुमार शाही

  • सगरमाथा गन्तब्य
  • 7.7K
    SHARES

    नेपालगन्ज : बाँके जिल्ला एथलेटिक्स संघको जिल्ला अधिबेशन आज नेपालगन्जमा सम्पन्न भएको छ । स्वास्थको लागि खेलकुद,राष्टको लागि खेलकुद भन्ने नाराका साथ बाँके जिल्ला एथलेटिक्स संघको चौथो जिल्ला अधिबेशन शुक्रवार सम्पन्न भएको हो । चौथो अधिवेशनबाट बाँके जिल्ला एथलेटिक्स संघको अध्यक्षमा राजेन्द्र कुमार शाही सर्वसम्मत चयन हुनुभएको छ । यस्तै संघको उपाध्यक्षमा अम्मरजंग थापा, माया पौडेल मल्ला चयन भएका हुन । संघको सचिवमा मिना चौधरी, कोषाध्यक्षमा ऋतिक शाही रहेका छन भने सदस्यहरुमा गौतम कुमार श्रेष्ठ, चित्रकला थापा, विक्रमजंग थापा, रमजान अलि सल्मानी र कौशिला भण्डारी रहेका छन् । संघको ४ बर्षे कार्यकाल रहेको विधानमा उल्लेख गरिएको निवर्तमान अध्यक्ष विक्रम जंग थापाले बताउनुभयो ।


    खेलकुदमा ठेक्का प्रकृयाको अन्त भएपछि मात्र खेलकुदको विकास हुने निवर्तमान अध्यक्ष थापाले बताउनुभयो । कबड्डी, भलिबल, फुटबल, तेक्वान्दो, हकी लगायतका सबै खेलमा ठेक्का प्रकृया छ यसको अन्त्य हुनुपर्छ अनिमात्र खेलकुदको विकास सम्भव हुने उहाँले बताउनुभयो । एथलेटिक्स खेलको विकासका लागि टिमवर्क अनिवार्य रहेको निवर्तमान अध्यक्ष थापाले बताउनुभयो । अधिबेशन कार्यक्रमको उद्घाटन सत्रमा खेलकुद बिकास समिति बाँकेका अध्यक्ष जाबेद अहमद, एथलेटिक्स प्रशिक्षक छविलाल थापा , उपाध्यक्ष राजन शाही रहेका थिए । बन्दशत्रको निर्वाचन समितिका संयोजक यमनारायण महत रहनुभएको थियो भने सदस्यमा ईरफान हुसेन र रूपा कुमारी थारू रहेका थिए ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology