(Friday 30th of October 2026)
`

कमैया मुक्त दिवसको उत्सवमा खुसी छैनन् पुर्व कमलरी

  • सगरमाथा गन्तब्य
  • 9.4K
    SHARES

    नेपालगन्ज : देशमा कमैया प्रथा अन्त्यको औपचारिक घोषणा भएको २३ औं वर्ष पुगेको छ । तत्कालीन सरकारले २०५७ साउन २ गते कमैयालाई मालिकको घरबाट मुक्त घोषणा गरेको थियो । सरकारले मुक्त घोषणा गरेको २३ औं वर्ष बितिसक्दा पनि अझै मुक्त कमैयाको पुर्नस्थापना तथा व्यवस्थापन पूर्ण रुपमा हुन सकेको छैन । कमैया प्रथाको अन्त्य भएको आजको बिशेष दिनमा भने पुर्व कमलरी सुमिता थारु खुसी हुन सक्नुभएको छैन् । मालिकको घरमा नरकिय दासताको जिवनबाट मुक्त भएको आज खुसीको दिन हो तर बिडम्बना हामी खुसी छैनौ उहाँले भन्नुभयो । पुर्व कमलरी सुमिता मुक्त कमलरी बिकास मञ्च बाँकेका अध्यक्ष समेत हुनुहुन्छ । दासताको जिवनबाट मुक्त भएको २३ औं बर्ष बितिसक्दापनि अहिलेसम्म कमैयाहरु साँचो अर्थमा मुक्त भने हुन नसकेको उहाँ बताउनुहुन्छ । सरकारका कारण अहिले मुक्त कमलरीले दिवसलाई उत्सवका रुपमा मनाउन नसकेको उहाँको भनाई रहेको छ ।
    राज्यले कमैया मुक्त घोषणा त ग¥यो तर संरक्षण भने गर्न नसकेको उहाँको भनाई छ । पुर्ब कमलरी सुमिताले आन्दोलनको ति काहाली लाग्दो बिगतलाई स्मरण गराँदै पुर्व कमलरीहरुको माग घोषणा पत्रमा मात्रै सिमित रहेको ठह¥याउनुभएको छ । २०७० सालमा राजधानी केन्द्रित आन्दोलनका समयमा मुक्त कमलरी र सरकारबीच १० बुँदे सहमति भएको थियो । उक्त सहमति अझैसम्म पनि कार्यान्वयन नभएको भन्दै सरकारसँग भएको १० बुँदेमध्ये तीन बुँदा मात्र कार्यान्वयनको चरणमा रहेको अन्य सात बुँदाहरू अझैपनि कार्यान्वयका लागि सरकार मौन रहेको यसलाई कार्यान्वयन गर्न माग गर्नुभएको छ ।

    कोहलपुर नगरपालिका वडा नं. ११ का चमेली थारुले सरकारले हामीलाई जेल मुक्त त ग¥यो तर सजाय भने यस्तै दिईरहेको गुनासो गर्नुभयो ।
    सरकारले स्नातक पढ्ने छात्राको छात्रवृत्ति कटौती गरेर पीडामाथि पीडा थप्ने काम गरेको गुनासो गर्नुभयो । “न त श्रमको मुल्यांकन भएको थारु कल्याण कारिणी सभा बाँकेका सभापति विनोद थारुले बताउनुभयो । आन्दोलनका घाउ भरिएको छैन । मनमा आशा पलाएको छ । मुक्त कमलरीको अवस्था अझै त्यस्तै छ । यो पिडा कसले सुन्ने उहाँले भन्नुभयो । अरुलाई गरिने व्यबहार र थारु चेलिलाइ गरिने व्यवहार धेरै फरक छ ।
    वर्षौंसम्म मालिकका घरमा दास जसरी बसेकालाई मुक्त घोषणा गरिए पनि उनीहरुको गाँसबासको प्रवन्ध सरकारले नमिलाइदिँदा मुक्त कमैयाहरुले आन्दोलनको रुपमा मुक्ति दिवस मनाउँदै आएको थारू कल्याण कारिणाी सभा बाकेका सभापति बिनोद थारूले बताउनुभयो । तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारले आजकै दिन कमैया मुक्तिको घोषणा गरेको बताउदै अझैंपनि धेरै पुर्व कमलरीको उत्थान हुन नसकेको उहाँले बताउनुभयो ।

    काठमाण्डौमा १७ दिनसम्मको चर्को आन्दोलनपछि कमलरीले कमैया प्रथाबाट मुक्ति पाएको नागरिक उन्मुक्ति पार्टिका संरक्षक रेशम लाल चौधरीले बताउनुभयो । कमलरी आन्दोलन भन्दा पहिले देखिनै आफुले कमलरी बसेका थारु चेलीको हकहितका लागि आवाज उठाउदै आएको कुरा उहाँले जानकारी गाउँनुभयो । “कमैया आन्दोलनमा घरबार बिहीन र आर्थिक अभाब भएको थुप्रै कमलरीका परिवारलाई देशभर सबैसंग चंदा मागेर सहयोग समेत गरेको उहाँको भनाई छ । विगतमा सरकारले मुक्त कमैया प्रथा अन्त्य गर्न केही कदम चाले पनि त्यो अपूग रहेको उहाँको भनाई छ । कमलरीका दुःख काजमा मात्रै नभएर कार्यान्वयनमा लगेमा मात्र कमलरी औपचारिक रुपमा मुक्त हुने उहाँको भनाई छ । मुक्त कमैया मुक्त गर्न सरकारले विगतमा चालेका कदमहरुमा उनीहरुलाई जग्गा वितरण तथा घर बनाउन काठहरु उपलब्ध गराउने भनिएको थियो तर यति बर्ष बितिसक्दा पनि कुनै कमलरीको घर बन्न सकेको छैन । “थारुहरुको हक हितको लागि म हजार पटक पनि जेल जान तयार छु । मैले धेरै पटक कमलरीको दुख लेखेको छु । अझ धेरै संघर्स गर्न बाँकी छ । पुर्ब कमलरी आत्मनिर्भर बन्न बाँकी नै छ” उहाँले भन्नुभयो । अधिकार सम्पन्न मुक्त कमैया पुनर्स्थापना समस्या समाधान आयोग र स्थानीय स्तरमा मुक्त कमैया पुनःस्थापना समिति गठन गरी पुनर्स्थापना कार्य अगाडि बढाउनुपर्ने उहाँले सुझाव दिनुभएको छ । उक्त कमैया मुक्त दिवशको अवसरमा कोहलपुर नगरपालिका वडा नं ११ लोकनगरदेखी निस्किएको ¥याली कोहलपुरको बिभिन्न स्थानमा पुगेर कोणसभामा परिणत भएको थियो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology