(Friday 30th of October 2026)
`

प्रदेश खेलकुद परिषद नेपालगन्जमा तालाबन्दी

  • सगरमाथा गन्तब्य
  • 6.7K
    SHARES

    नेपालगञ्ज । मध्यपश्चिमाञ्चल खेलकुद बिकास समिति (प्रदेश खेलुकद परिषद, लुम्बिनी) नेपालगञ्ज कार्यालयमा तालाबन्दी गरीएको छ । नेपालगञ्ज रंगशाला परिसरमा निर्माणधिन काम गुणस्तरहिन भएको भन्दै जिल्ला खेलकुद बिकास समिति बाँकेको नेतृत्वमा तालाबन्दी गरीएको हो ।
    रंगशालामा गुणस्तरहिन काम भइरहेको भन्दै समितिले राखेपको ध्यानाकर्षण गराएको थियो, तर सो बिषयमा कुनै चासो नदेखाएपछि कारबाहीको माग गर्दै बाँके समितिले अनिश्चितकालका लागि प्रदेशको नेपालगञ्ज कार्यालयमा तालाबन्दी गरेको जनाएको छ ।
    निर्माण कार्य रोक्ने चेतावनी दिएका जिल्ला खेलकुद बिकास समिति बाँकेका अध्यक्ष सन्दिपजंग शाहलाई राखेपका इन्जिनियर चिरन्जीवी लम्सालले अश्लील शब्दसहित उल्टै हप्काएपछि कारबाहीका लागि ध्यानाकर्षण गराएको थियो । तर, त्यसको कहिं कतै सुनुवाई नभएपछि आन्दोलन गर्नुपरेको शाहले जानकारी दिए ।
    रंगशालामा निर्माण भइरहेको एथलेटिक्स सेन्थेटिक ट्रयाकको काममा गम्भीर लापरबाही भइरहेको समाचार प्रकाशनमा आए पनि राखेपले सुनुवाई नगरेको गुनासो जिल्ला अध्यक्ष शाहले गुनासो गरे ।
    अपशब्द प्रयोग गर्ने इन्जिनियरलाई कारबाही नहुनजेलसम्म प्रदेश कार्यालयमा तालाबन्दी गर्ने चेतावनी दिएको समितिले सेन्थेटिक ट्रयाक मापदण्ड अनुसार भए नभएको जाँच हुनुपर्ने, निर्माण कम्पनीले काम भन्दा बढि भुक्तानी लिएको जानकारी आएकाले सो रकम के कसरी भुक्तानी भएको सो कुराको जानकारी गराउनुपर्ने माग राखेको छ । राखेपको निगरानी बिना ठेकेदारको मनपरिमा निर्माण कार्य भइरहेको बताईएको छ । ११ करोड ६४ लाख ६४ हजार लागतमा ट्रयाक निर्माणको जिम्मा प्रतिक्षा निर्माण कम्पनीले लिएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology