(Friday 30th of October 2026)
`

म बेचिएकीे होईन बिवाह गरेकी हु : रेश्मा बर्मा

  • सगरमाथा गन्तब्य
  • 19.7K
    SHARES

    नेपालगन्ज  : बाँके डुडुवा गाउँपालिका वडा नम्बर–१ पिप्रहवाका नारायण कुर्मी र सिपुरी कुर्मीको छोरी बेचिएको कुरा सत्य नभएको छोरी रिना बर्मा (रेश्मा) ले प्रष्ट पार्नुभएको छ । रेश्माले आफु राझी खुसी भरतीय नागरिक कुन्दन बर्मासंग प्रेम बिवाह गरेको बताउदै आफु बेचिएको आरोप झुठो रहेको प्रष्ट पार्नुभएको हो । बुवा नारायण र आमा सिपुरीले पैसाको लालचमा यसअघि नेपालगन्ज उप–महानगरपालिका वडा नम्बर १३ स्थित गगापुरमा बस्ने मानसिक सन्तुलन गुमाएका कधई बर्मासँग विवाह गराईदिएको रेश्माले बताउनुभयो । रेश्मालाई घरपरिवारमा राम्रो व्यवहार नहुने र दिनहु श्रीमान कधईले कुट्ने भएपछि आफु माइतीघर डुडुवामा बस्दै आएको उहाँले बताउनुभयो । गाउँमा भिनाजु नाता पर्ने राम कुमार बर्मा (ढुडें) ले अर्को ठाउँबाट ठुलो रकम ल्याएर आफुलाई त्यहा बिवाह गरेर पठाईदिने खबर थाहा पाएपछि प्रेम सम्बन्धमा रहेको कुन्दनलाई बोलाएर भागि प्रेम बिवाह गरेको उहाँ बताउनुहुन्छ । उहाँले कसैको दबावमा नभई आफ्नो मर्जीले बिवाह गरेको जानकारी गराउँदै पुर्व सांसद विजय कुमार यादवले कुनैपनि संग्लनता नरहेको जानकारी दिनुभयो ।
    भारतको मिर्जापुर चाल्वहा मौजा, अचकवामा बस्ने २७ बर्षिय कुन्दन बर्माले रेश्मालाई खरिद, अपहरण नभई बिवाह गरेर ल्याएको बताउनुभएको छ । उहाँले आफु केही महिना अघिबाट प्रेम सम्बन्धमा रहेको जानकारी गराउँदै रेश्माले घरबाट बेचिदै छु भन्ने खबर कुन्दनलाई पु¥याएपछि भगाएर भारत ल्याएर कानुनी बिवाह गरेको बताउनुभयो । उहाँ भन्नुहुन्छ “मेलै रश्मालाई कानुनी रुपमा बिवाह गर्दा समेत रेश्माको घरपरिवार र ढुडेंले ८ लाख रुपैंयाको माग राखेको उहाँले जानकारी गराउँनुभयो । गाउँका अग्रजबाट सल्लाह सुझाबले १ लाख रुपैया रेश्माको बुवा आमा गरिब भएकोले दिने कुरा भएपछि राफुपनि राझी भएको उहाले बताउनुभयो । मैले रेश्मालाई जबरजस्ती अपहरण गरेर ल्याएको पनि होईन उनी आफ्नो खुसीका साथ म संग आएकी हुन् । उनलाई बुवा आमाको साथमा जान चाहान्छीन भने म रोक्दिन तर मैले अपहरण गरेको होईन । कानुनी रुपमा अदालतमा गएर बिवाह गरेको छु ।” उहाँले बिवाहको कानुनी कागजात देखाउदै बताउनुभयो ।
    पुर्व सांसद विजय कुमार यादवले सत्य तथ्य तरिकाले संचारकर्मीहरुले समाचार संप्रेसरण नगरेकोको बताउदै आफुलाई बदनाम गराउन रेश्मालाई १ लाखमा बिक्रि गरिएको आरोप लगाईएको उहाँले बताउनुभयो । उहाँ भन्नुहुन्छ “म पुर्व संसद र मन्त्री भईसकेको व्यक्ति हु । गाउँमा केहि बिवाद हुने बितीकै प्रहरी चौकी जानुपुर्व स्थानीय मेरो घरमा आउनुहुन्छ । रेश्माका बाबा नारायण र आमा सिपुरी छोरी हराएको भन्दै आफुसंग सहयोगका लागि आएपछि विवादलाई समाधान गर्ने अग्रजमान्छे सहित बसेर केही निस्कर्ष निकालेर विवादलाई समाधान गराएउ । पैसाको माग रेश्माकै माइतीपक्षबाट अझँ ढुडें बाटै आएको थियो, उहाँले भन्नुभयो ।” धेरै विवादपछि माईती र पुर्व श्रीमानको परिवारलाई ५०÷५० हजार पैसा लिएर मिलापत्र गर्ने राझी भए तर भोली पल्ट कस्ले के सुनाईदियो मलाई थाहा भएन उहाँले भन्नुभयो । दुर्व पक्षबाट पैसाको कुरा नमिल्दा विवाद झन अझँ चर्किन पुगेको उहाँ बताउनुहन्छ । रेश्माको नाममा राजनीति चलखेल गरेर आफुलाई बदनाम गर्न खोजिएको उहाँको दाबी छ । समाचार प्रकाशन गर्नलाई दुबै पक्षसंग कुराकानी गरेर सत्य तथ्यको आधारमा गरिने हो तर आफुलाई केही जानकारी नगराएर सिधै चरित्र हत्याहुने गरि समाचार प्रकाशन गरिएको उहाँले दुखेसो सुनाउनुभयो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology