(Friday 30th of October 2026)
`

राप्तीसोनारी –२ का वडाध्यक्षद्धारा १६ जना महिला स्वास्थ्य स्वयंसेविकालाई आवश्यक स्वास्थ्य सामाग्री वितरण

  • सगरमाथा गन्तब्य
  • 7.7K
    SHARES

    नेपालगन्ज : बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नं –२ को कार्यालयले महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई आवश्यक स्वास्थ्य सामाग्री वितरण गरेको छ । राप्तीसोनारी –२ वडा कार्यालयका वडाध्यक्ष ज्ञानेन्द्रराज वलीले शनिवार आफ्नो वडाका महिला स्वास्थ्य स्वयंसेविकालाई आवश्यक स्वास्थ्य सामाग्री हस्तान्तरण गर्नुभएको हो । वडाअध्यक्ष वलीले वडाबाट सेवा सुबिधा बापत पाएको रकमबाट १६ जना महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई आवश्यक स्वास्थ्य सामाग्री वितरण गरेको राप्तीसोनारी –२ का वडा सचिब नारायण बिष्टले जानकारी गराउनुभएको छ । वडाअध्यक्ष वलीले महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई साईकल, झोला, छाता, टर्चलाइट जस्ता आवश्यक सामाग्री हस्तान्तरण गनुभएको उहाँले बताउनुभयो । “महिला स्वास्थ्य स्वयंसेविकाहरु जनताको नजिक रहेर प्राथमिक स्वस्थ्य उपचार गर्नु हुन्छ । जनताको घरमा जाँदा उहाँहरुलाई सहजीकरण होस् भन्ने हेतुले आवश्यक सामग्री बितरण गरिएको हो ।”– वडाध्यक्ष वलीले बताउनुभयो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology