(Friday 30th of October 2026)
`

डिएलए बरिष्ठ उपाध्यक्षमा बाँकेका प्रहलाद बहादुर कार्कीको उम्मेद्वारी घोषणा

  • सगरमाथा गन्तब्य
  • 6.1K
    SHARES

    नेपालगन्ज,–नेपाल डेमोक्रयाटिक लयर्स एशोसीयशनको २६ गते हुने ११ औं महाधिवेशनमा वरिष्ठ उपाध्यक्ष पदमा नेपालगन्जका कानून व्यवसायी प्रहलाद बहादुर कार्कीले उम्मेदवारी सार्वजनिक गर्नु भएको छ । ४ दशकदेखि कानून व्यवसायमा संलग्न अधिवक्ता कार्कीले आज नेपालगन्जमा औपचारिक रुपमा पत्रकार सम्मेलनमा बोल्दै वरिष्ठ उपाध्यक्षको लागि दावेदारी प्रस्तुत गर्नु भएको हो । डिएलए र नेपाल बार एकशोसीयशनका केन्द्रीय उपाध्यक्ष समेत रहीसक्नु भएका कार्कीले यस अघिको महाधिवेशनमै अध्यक्ष पदमा उम्मेदवारी दिएपनि सहमतीमा फिर्ता लिएको तर यसपाली भने वरिष्ठ उपाध्यक्षमै उम्मेदवारी दिएको उदघोष गर्नु भयो । कार्यसमितिमा वरिष्ठ उपाध्यक्ष एक जना र महिला उपाध्यक्षसहित ८ जना उपाध्यक्ष हुने व्यवस्था रहेको छ ।

    स्थायी रुपमै काठमाडौं बस्न सक्ने अवस्था नरहेको लगायतका प्राविधिक कारण देखाउँदै कार्कीले वरिष्ठ उपाध्यक्षका लागि आफु पूर्ण रुपमा सक्षम र उपयुक्त भएको दावी गर्नु भयो । डिएलएमा जिल्लादेखि केन्द्रको विभिन्न तहमा रहेर अनुभव संगालीसकेकाले अव वरिष्ठ उपाध्यक्षमा रहेर कानून व्यवसायीको हकहित र संस्थागत विकासमा योगदान पु¥याउने विश्वास व्यक्त गर्नु भयो । विगतमा डिएलएका लागि गरेको योगदान, देशभरका कानून व्यवसायी साथीहरुको हौसला र साथले आफु वरिष्ठ उपाध्यक्षमा निर्वाचित हुने उहाँले ठोकुवा गर्नु भयो । कार्कीले वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी घोषणा गरिरहदा डिएलए बाँके अध्यक्ष जनक बहादुर शाही, उच्च अदालत बार एशोसीयशन नेपालगञ्जका अध्यक्ष चित्र बहादुर शाही, पनरावेदन अदालत बार एशोसीयशन नेपालगञ्जका पुर्व अध्यक्ष लोक बहादुर शाह, डिएलए बाँके पुर्व अध्यक्ष इश्वरी ज्ञवाली पनि साथमै हुनुहुन्थ्यो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology