(Friday 30th of October 2026)
`

प्रेस चौतारी नेपालको १० बुंदे नेपालगन्ज घोषणापत्र सार्वजनिक

  • सगरमाथा गन्तब्य
  • 8K
    SHARES

    नेपालगन्ज : प्रेस चौतारी नेपाल बाँके शाखाको १५ औं साधारणसभा सम्पन्न भएको छ । “समृद्धिका लागि सञ्चारकर्म, प्रेस चौतारीको मुल मर्म” भन्ने मुल नाराका साथ प्रेस चौतारी नेपाल बाँके शाखाको १५ औं साधारणसभा सम्पन्न भएको हो । कार्यक्रमका प्रमुख अतिथि तथा प्रेस चौतारी नेपालका केन्द्रिय अध्यक्ष गणेश बस्नेतले पत्रकारिता क्षेत्रलाई थप व्यवस्थित र व्यवसायिक बनाउनुपर्ने बताउनुभयो । प्रेस चौतारी नेपालले देशभरका जिल्लाहरुमा क्रमश बार्षिक साधारणसभा गर्दै आएको बताउदै संगठन बलियो बनाउन सक्षम व्यक्तित्वलाई सांगठनिक बनाउन आवश्यक रहेको उहाँले औल्याउनुभयो ।
    प्रगतिशील पत्रकारहरूको साझा संस्था प्रेस चौतारीको आफ्नै महत्वपूर्ण इतिहास रहेको बताउदै उहाँले भन्नुभयो प्रेस चौतारीमा अव्वल र सक्षम पत्रकारले मात्र सदस्यता प्राप्त गर्ने वातावरण तय गर्ने बताउनुभयो । पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघले पनि गैरपत्रकारलाई सदस्यता बितरण नगर्न उहाँले आग्रह गर्दै पत्रकारिता क्षेत्रको समयसापेक्ष विकास हुनुपर्नेमा जोड दिनुभयो । विकास र समृद्धिकोे निमित्त प्रेस चौतारीले महत्वपुर्ण भुमिका निर्वाह गर्ने उहाँले बताउनुभयो । प्रेस चौतारी नेपालका महासचिव हिरामान लामाले आफु निकट संगठनको हकहितका लागि पत्रकारिताको माध्यमबाट प्रेस चौतारीले खेल्दै आएको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो ।
    उहाँले संगठनलाई बलियो बनाउनलाई पहिले संगठनमा आवद्ध सदस्यहरु स्वंम सक्षम र क्रियाशिल हुनुपर्नेमा जोड दिनुभयो । महासचिव लामाले पत्रकारिता क्षेत्रले समयसापेक्ष प्रविधि र आम पाठक स्रोताको आवश्यकता अनुसार विषय वस्तुहरुलाई उठान गर्नुपर्ने बताउनुभयो । प्रेस चौतारी नेपालका केन्द्रिय सचिब तथा लम्बिनी प्रदेशका इन्चार्ज प्रदिप आचार्यले प्रेस चौतारी बाँके शाखाले संघसंस्थाहरुसंग सहकार्य गरि बिभिन्न कार्यक्रम गरेर संगठनको अक्षयकोषलाई बलियो बनाउन सुझाब दिनुभयो ।


    जिल्लागत संगठनहरुले आर्थिक रुपमा बलियो भए मात्र संगठन चलायमान हुने उहाँले बताउनुभयो । कार्यक्रममा पत्रकारिता क्षेत्रमा क्रियाशिल रहि प्रेस चौतारी बाँकेलाई सांगठनिक तथा संस्थागत विकासमा महत्वपूर्ण योगदान पुर्याउने संगठनका पुर्व अध्यक्षहरुलाई कदरपत्र सहित सम्मान गरिएको छ । प्रेस चौतारी बाँकेका अध्यक्ष दुर्गा रोकायको अध्यक्षतामा भएको कार्यक्रममा सचिव कमल डाँगीले सांगठिनक प्रतिवेदन र कोषाध्यक्ष ज्याउल मुस्ताफा कादरीेले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । आईतवार नेपालगन्जमा सम्पन्न भएको १५ औं साधारणसभाबाट ११ बुंदें घोषणा पत्र सार्वजनिक गरिएको छ । लोकतान्त्रिक आन्दोलन, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र अधिकारको आन्दोलनमा महत्वपूर्ण योगदान पु¥याउनुहुने ज्ञात अज्ञात सबै सहिदहरुप्रति साधारणसभा हार्दिक श्रद्धासुमन सहित सम्मान गर्दछ, प्रेस चौतारी नेपालको माग र दवावका आधारित, नेपाल पत्रकार महासंघले सदस्यता शुद्धीकरणका लागि जारी गरेको कार्यविधिलाई हामी स्वागत गर्दै, यसको अक्षरसः कार्यान्वयनका लागि यो साधारण सभा आह्वान गर्दछ, आमसञ्चारको सम्मान विकास र संम्बर्धन हुनेगरि बाँकेका सबै स्थानीयतहका सरकारलाई जवाफदेही बन्न अनुरोध गर्दछ ।


    प्रेस तथा आमसञ्चारसंग सम्बन्धित कानुन निर्माण गर्दा प्रेस चौतारीसंग समन्वय र सहकार्य गर्न आग्रह गर्दछ । साथै, प्रेस तथा सन्चारक्षेत्रका नाममा गरिएका लगानी पारदर्शी र विधिसम्मत गर्न यो सभा आह्वान गर्दछ, सन्चारमाध्यम तथा सन्चारकर्मिहरुको संरक्षणका निमित्त नियमित लोककल्याणकारी विज्ञापनलाई समानुपातिक ढंगले वितरणका लागि आह्वान गर्दछ, पत्रकारहरुको छातासंगठन नेपाल पत्रकार महाँसघ र सम्बद्ध निकायहरूलाई श्रमजीवी पत्रकारहरुको हकहित र पेशागत सुरक्षाको ग्यारेन्टी हुनेगरी विशेष व्यवस्था मिलाउन यो सभा आह्वान गर्दछ, नेपाल पत्रकार महाँसघको सदस्यता वितरण एवम् स्थानान्तरणमा नियम विपरीत नगर्न, राजनीतिक आग्रह पुर्वाग्रह नराख्न पत्रकार महाँसघको ध्यानाकर्षण गराउदछौं । कथमकदाचित यो ध्यानाकर्षण विरुद्ध कुनै कार्य हुन गए प्रेस चौतारी बाँके शाखा प्रतिरोधमा उत्रन बाध्य हुनेछ, प्रेस चौतारी बाँकेको १५ औं साधारणसभामा प्रमुख आथित्यता गर्ने केन्द्रीय अध्यक्ष गणेश बस्नेत, महासचिव हिरामान लामा, सचिब प्रदिप आचार्य, प्रदेश महासचिव निरा गौतम, संगठनका केन्द्रीयसदस्यहरु लगायत सम्पूर्णमा साधारणसभा हार्दिक आभार ब्यक्त गर्दछ, साधारण सभा सम्पन्न गर्न सहयोग गर्ने नेपालगन्ज उद्योग बाणिज्य संघ प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष तथा प्रदेशका पदाधिकारी तथा सदस्यहरु लगायत सम्पूर्ण अग्रजहरुमा हार्दिक धन्यवाद ज्ञापन गर्दै, साधारण सभाबाट सम्मानित हुनुहुने बरिस्ठ पत्रकारहरुमा यो सभा हार्दिक बधाई ज्ञापन गर्दछ । प्रेस तथा स्वतन्त्रता विरुद्ध धावाबोल्ने, वाक तथा अभिव्यक्ति स्वतन्त्रता विरुद्ध अंकुश लगाउने सामन्तवादी व्यवस्थाको पृष्ठपोषका लागि नागरिक अभिनन्दनका बाहानामा भईरहेको राजनीतिक हर्कत बन्द गर्न साधारण सभा आह्वान गर्दछ, पत्रकारमाथी भईरहेका धाकधम्की, आक्रमण, पत्रकार महिलामाथि हुने गरेका हतोत्साहिपुर्ण ब्यबहार बन्द गर्न आह्वान गर्दै पत्रकारको पेसागत तथा व्यक्तिगत सुरक्षाको ग्यारेन्टी गर्न यो सभा जोडदार माग गर्दछ ।, क्षमातावान महिलाहरुलाइ सन्चारगृह, पेशागत संघ संगठन, पत्रकार महासंघ लगायतका स्थानहरूमा क्षमता अनुसारको उपयुक्त जिम्मेवारी प्रदान गर्न सम्पूर्ण संघसंगठनका अध्यक्ष तथा सम्पादक÷प्रकाशकहरुमा यो सभा आह्वान गर्दछ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology