नेपालगन्ज : सचेत नागरिक समाजले जिल्ला प्रशासन कार्यालय बाँकेलाई ध्यानाकर्षण पत्र बुझाएको छ । नेपालगन्जमा रहेको ब्रिनोज कान स्वास्थ्य स्याहार केन्द्रका अस्पताल व्यवस्थापन समितिले बिद्यान बिपरीत कार्यसमिती गठन गरी अवैधानिक तरिकाले संस्था संचालन गर्दै आएको भन्दै सचेत नागरिक समाजले जिल्ला प्रशासन कार्यालय बाँकेलाई ध्यानाकर्षण पत्र बुझाएको हो ।
सचेत नागरिक समाज मार्फत बाँके जिल्ला प्रशासन कार्यलयमा सोमवार बुझाइएको ध्यानाकर्षण पत्रमा संस्थाको बिधान २०६५ बमोजिम संस्था सञ्चालनमा नआएको, नबिकरणका लागि कागजी रुपमा साधारण सभा गर्दै आएको, स्थापनाकाल देखि हालसम्म एउटै कार्य समिति रहेको, संस्थामा साधारण सदस्यता कसैलाई नदिएको, बिधान बमोजिम कुनै पनि ऐन, नियमावलीहरु नबनाएको, संस्थाको नाममा रहेको एल्बुलेन्स संस्थाका अध्यक्षले चरम रुपमा व्यक्तिगत कामका लागि प्रयोग गरि एकलबाद ढंगले संस्था संचालन गर्दै आएको उल्लेख गरिएको छ ।
उक्त संस्था विवादका कारण जिल्ला प्रशासन कार्यालय बाँकेमा केही दिन पहिले छलफल भई छानविन समिति बनेको थियो । छानविन समितिले प्रतिवेदन नबुझाउदै जबरजस्ति मनोमानी तरिकाले अस्पतालको मुल गेटमा ताला लगाएर बन्द कोठामा शनिवार साधारणसभा गरेपछि विरोध प्रदर्शन गर्न बाध्य भएको थियौं । विधान विपरित कार्य गर्दै आएको व्रिनोजले मनोमानी ढंगले सदस्यता वितरण गर्नु र साधारणसभा पनि जानकारी नगराई गोप्य तरिकाले आयोजना गरेको हुनाले उक्त कार्य बिद्यान बिपरीत रहेको आफ्नो आफुहरुको बुझाई रहेको बताईएको छ ।
अस्पताल कसैको व्यक्तिगत पेवा होईन यो जनताको लागि बनाईएको सार्वजनिक सम्पत्ती हो । यसको बिधिवत तरिकाले साधारणसभा गरेर पदाधिकारी चयन गर्नु पर्छ, बर्तमान समितिलाई भंग गर्नुपर्ने, कर्मचारीको हकहित र संरक्षण गर्नुपर्ने, अस्पतालको समग्र विकासको लागि नियमसंगत योग्य व्यक्तिलाई प्रतिनिधित्व हुने गरि कार्यसमिति बनाउनुपर्ने जस्ता मागहरु ध्यानकर्षण पत्रमा उल्लेख गरिएको छ ।
यस्तै ध्यानाकर्षण पत्रमा लोकतान्त्रिक पद्धति बिरुद्ध तानाशाही प्रावृतिमा जबरजस्ति बन्द कोठामा गरिएको साधारणसभालाई कानुनी मान्यता नदिन, अबैधानिक तरिकाले कुनै पिन निर्णय वा नयां समितीको पुर्नरगठन गरिएको छ भने त्यसलाई समेत मान्यता नदिन, पुर्व प्रमुख कार्यकारी अधिकृत पुरण बहादुर थारुलाई पुर्नवहाली गर्नर्, उक्त संस्थालाई बिद्यान सम्मत ढंगले संचालन गर्नका लागि आवश्यक व्यवस्था मिलाउन र छानबिन प्रक्रियालाई टुँगोमा पु¥याई न्याय गरिदिन समेत ध्यानाकर्षण पत्रमा अनुरोध गरिएको छ ।
