(Friday 30th of October 2026)
`

बाँकेका ८ पालिकामध्ये कोहलपुर नगरपालिको बेरुजु सबैभन्दा बढि

  • सगरमाथा गन्तब्य
  • 7.4K
    SHARES

    कोहलपुर । बाँके जिल्लाका ८ वटा स्थानिय तहमध्य कोहलपुर नगरपालिकाको बेरुजुको मात्रा ह्वातै बढेको पाईएको छ । बेरुजु रकम ब्यबस्थापन तथा घटनुपर्नेमा बढेको बढ्यै गर्दा आम चिन्ता र चासोको विषय समेत बनेको छ । यस अबधिमा गत आर्थिक वर्षको तुलनामा कोहलपुर नगरपालिकाको बेरुजु २.५३ प्रतिशतले बृद्धि भएको पाईएको छ ।
    प्रतिशतका हिसावले ८ पालिका मध्य सबै भन्दा कम बेरुजु डुडुवा गाउपालिकाको २.४५ रहेको छ भने सब भन्दा बढि बेरुजु कोहलपुर नगरपालिकाको ६.२४ रहेको छ । महालेखा परीक्षकको कार्यालयले बजेट अनियमित तवरले खर्च गरेका कारण बेरुजु रकम बढेको जनाएको छ ।
    विनियोजितभन्दा फरक शीर्षकमा बजेट खर्च गरेको, सार्वजनिक खरीद ऐनको प्रतिकूल हुने गरी निर्माणमा उपकरण प्रयोग गरेको, प्रतिस्पर्धा विना सामग्री खरीद र योजनाको काम गरेको, सम्पन्न कार्यको आवश्यक कागजात संलग्न नगर्दा स्थानीय सरकारको बेरुजु बढेको महालेखाको प्रतिवेदनमा उल्लेख छ ।
    महालेखाले आ.व. २०७८/०७९ को सार्वजनिक गरेको ६० औं लेखापरीक्षण प्रतिवेदनमा बाँकेका ८ स्थानीय तहको बेरुजु ६९ करोड ५५ लाख रहेको उल्लेख गरेको छ ।
    आ.व. २०७७/०७८ को लेखापरीक्षणमा लेखापरीक्षण रकम मध्ये जानकी गाउँपालिकाको बेरुजु ६.२०, नेपालगन्ज उपमहानगरपालिकाको १.२५, राप्तीसोनारी गाउँपालिकाको ३.६९, कोहलपुर नगरपालिकाको ३.७१, खजुरा गाउँपालिकाको २.८१, डुडुवा गाउँपालिकाको ४.३७, बैजनाथ गाउँपालिकाको २.९५ र नरैनापुर गाउँपालिकाको १.८५ प्रतिशत बेरुजु रहेको थियो ।
    अहिले आएर आ.व. २०७८/०७९ को महालेखाको प्रतिवेदन अनुसार, कुल लेखापरीक्षण रकम मध्ये खजुरा गाउँपालिकाको २.४७ प्रतिशत, राप्तीसोनारी गाउँपालिकाको ५.३१ प्रतिशत, नरैनापुर गाउँपालिकाको २.७१ प्रतिशत, नेपालगन्ज उपमहानगरपालिकाको ५.२ प्रतिशत, कोहलपुर नगरपालिकाको ६.२४ प्रतिशत, डुडुवा गाउँपालिकाको २.४५ प्रतिशत, जानकी गाउँपालिकाको २.९२ प्रतिशत र बैजनाथ गाउँपालिकाको ४.३२ प्रतिशत बेरुजु रहेको छ । आ.व. २०७७/०७८ भन्दा आ.व. २०७८/०७९ खजुरा गाउँपालिका, डुडुवा गाउँपालिका, जानकी गाउँपालिको बेरुजु प्रतिशत झिनो घटेको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology