नेपालगन्ज : नेपालगन्ज जेसिजको जेसीज बर्ष २०८० को सप्ताह बाँकेमा विभिन्न कार्यक्रम गरी मनाईने भएको छ । नेपालगन्ज जेसिजको आयोजमा यही आउदो बैशाख १ गते देखी सञ्चालन हुने जेसीज बर्ष २०८० को सप्ताह बाँकेमा विभिन्न कार्यक्रम गरी मनाईने भएको हो ।
नेपालगन्ज जेसिजले बैशाख १ नेपालगन्जको बागेश्वरी मन्दिरमा सरसफाई कार्यक्रम, बैशाख २ गते रेडक्रस सोसाईटी भरी अस्पतालमा नेपालगन्जमा रक्त दान, बैशाख ५ गते ट्राफिक सचेतना नेपालगन्जको धम्बोझीमा, बैशाख ८ लागुऔषध बिरुद्ध सचेतना होली ल्याण्ड कलेज नेपालगन्जमा, बैशाख ९ स्वास्थ्य शिविर जानकी गाउँपालिकामा, बैशाख ११ मैत्रीपुर्ण फुटसल नेपालगन्जको फुटसल मैदानमा, बैशाख १६ गते होटेल सुनाखरीको सभाहलमा कार्यक्रम सहित जेसिज सप्ताह कार्यक्रम समापन गरिने भएको आयोजकले जनाएको छ ।

नेतृत्व र व्यक्तित्व विकासमा सहयोग पु¥याउने यस संस्थाले युवाहरुको विद्यालयय स्तरीय खेलकुद प्रतियोगिता, पर्यटन प्रवद्र्धन र विभिन्न संघसंस्थामा आर्थिक सहयोग गरेर रचनात्मक कार्यक्रम गर्दै आएको छ । जेसिज नेपालगन्जले शनिवार पत्रकार सम्मेलन मार्फत जेसिजको सप्ताह कार्यक्रमको तयारी तिब्र रहेको जानकारी गराएको छ ।
