नेपालगन्ज : सगरमाथा बोडिङ स्कूल नेपालगन्ज १८ ले मंगलवार फुड फेस्टिवल आयोजना गरिएको छ । सगरमाथा बोडिङ स्कूलमा अध्ययनरत कक्षा ११ र १२ का छात्रछात्राहरुले उक्त फुड फेस्टिबल आयोजना गरेका हुन् । विद्यालयका फाउण्डर कृष्ण बहादुर जिसीले उद्घाटन गर्नुभएको फुड फेस्टिबलमा नर्सरीदेखि कक्षा १२ सम्मका विद्यार्थीहरुले विभिन्न खानेकुराहरुको स्वाद लिएका थिए । विद्यालयमा सिकेका कलालाई उजागर गर्न फुड फेस्टिबलको आयोजना गरिएको सगरमाथा स्कूलका छात्र विनोद कुंवरले जानकारी दिनुभयो ।
विद्यार्थीहरुलाई बजारभन्दा सस्तो र मिठो स्वाद चखाउन विद्यालयमै गुणस्तरिय खानेकुरा बनाई फुड फेस्टिबल मनाएको उहाँले बताउनुभयो । बजारमा बासी सडेगलेका तथा जथाभावी धुलो समेत भएको खानेकुरा भन्दा स्वादिलो तथा गुणस्तरिय खानाको परिकार चखाउन फुड फेस्टिबलको आयोजना गरि विद्यार्थीहरुलाई खुवाएको अर्का विद्यार्थी देवराज ढुङगानाले बताउनुभयो ।

आफैले ताजा बनाएको खानेकुरा खुवाउन पाउँदा आफुलाई गर्भ महसुस भएको उहाँले बताउनुभयो । हामी कक्षा ११ र १२ का विद्यार्थीहरु मिलेर मःम, चाउमिन, पानीपुरी, कचौरा, हलुवा, चिसो पेयपदार्थ लगायतका स्वादिलो खानेकुरा खुवाएको उहाँले बताउनुभयो ।

