खजुरा : बाँकेको खजुरा गाउँपालिकामा रहेको जनता माध्यमिक विद्यालय पुर्व विद्यार्थी समाजको नव निर्वाचित कार्यसमितिले शपथ ग्रहण गरेका छन । फाल्गुन २७ गते निर्वाचित भएका कार्यसमितिलाई एक समारोहका विच प्रमुख निर्वाचन अधिकृत भानुभक्त रिजालले शपथ खुवाएका थिए ।
नव निर्वाचित कार्यसमितिलाई शपथ सगैं प्रमाणपत्र वितरण र बधाई ज्ञापन कार्यक्रम समेत सम्पन्न गरिएको छ । खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर बहादुर विक र उपाध्यक्ष मन्जु मल्लले कार्यसमितिलाई बधाई सहित प्रमाणपत्र वितरण गरेका हुन । खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर बहादुर विकले पुर्व विद्यार्थी समाजले विद्यालय सुधार, विद्यार्थीको रचनात्मक कार्यमा, शिक्षामा ल्याउने नयाँ मोडेल सहित आएको खण्डमा पालिकाले पुर्ण सहयोग र सहकार्य गर्न तयार गरेको बताए । खजुरा गाउँपालिकाका उपाध्यक्ष मन्जु मल्लले नव निर्वाचित कार्यसमितिलाई बधाई दिदैं समाजले गरेको कार्यको प्रशन्सा गरिन । उपाध्यक्ष मल्लले समाजसंग समन्वय गरेर थुप्र्रै कार्यक्रमहरु संचालन गरिने बताइन ।
खजुरा गाउँपालिका वडा नम्बर ३ का वडाध्यक्ष पुर्ण बहादुर भण्डारीले समाजले गरेको कार्यमा आफ्नो साथ सहयोग सदैव रहने प्रतिवद्धता जनाए । समाजका नव निर्वाचित अध्यक्ष झविलाल शर्माले विगत ६ महिना यता स्थापना भएको समाज र समाजले गरेको कार्यले नै अहिले पुर्णता पाएको भन्दै सबैको साथ सहयोग सबैको मिल्नेमा विस्वस्थ रहेको बताए । आफुहरुलाई दिइएको जिम्मेवारी पुर्णतया पुरा गर्ने गरि लाग्ने प्रतिवद्धता जनाए ।
अध्यक्ष शर्माले आफुहरुले दैनिक एक घण्टा मात्र समाजको कामको लागी दिन सकिए उल्लेख्य काम गर्न सकिने बताए । समाजलाई अगाडि बढाउन क्रियासिल रुपमा लागिरहने समेत उनले प्रतिवद्धता जनाए । विद्यालयमा विद्यार्थीहरुको शैक्षिक गुणस्तरमा विकास गर्न समाजले भुमिका खेल्ने उनले बताए । बधाई कार्यक्रममा निर्वाचन अधिकृत माधव शर्माले छोटो समयमा पुर्व विद्यार्थि समाजले प्रसन्सायोग्य कार्य गरेको भन्दै बधाई ज्ञापन गरे ।
नवनिर्वाचित कार्यसमितिको शपथ ग्रहण प्रमाण पत्र वितरण तथा बधाई ज्ञापन कार्यक्रमको अध्यक्षता प्रमुख निर्वाचन अधिकृत भानुभक्त रिजालले गरेका थिए । कार्यक्रममा खजुरा गाउँपालिका शिक्षा तथा खेलकुद विकास शाखाका प्रमुख खगेन्द्र मल्ल, खजुरा क्षेत्र संरक्षण समितिका अध्यक्ष प्रेम बहादुर बुढाथोकी, समाजका सल्लाकारहरु, पत्रकार लगाएतको उपस्थिती रहेको थियो ।
