नेपालगन्ज । चर्चित गायक प्रमोद डिजीले थारु गायनतर्फ उत्कृष्ट राष्ट्रिय समाबेशी म्यूजिक अवार्ड (निम) २०७९ पाउन सफल हुनुभएको छ । गायक डिजीलाई आइतबार राजधानी काठमाण्डौमा एक समारोहका विच सो अवार्ड प्रदान गरिएको हो । समाबेशी म्यूजिक अवार्डमा समाबेश पाँच वटा गितमध्ये चर्चित गायक डिजीले ‘तोहर नथिया’ बोलको गितमार्फत उत्कृष्ट गायन अवार्ड पाउन सफल हुनुभएको हो । पश्चिम नेपालमा चर्चित बनेको ‘तोहर नथियामा’ गायक डिजी र अन्जु चौधरीको स्वर रहेको छ ।
बाँके जिल्लाका बिभिन्न पर्यटकिय स्थलहरुमा छायाँकन गरिएको उक्त म्युजिक भिडियोलाई चर्चित निर्देशक नवराज सुबेदीले निर्देशन गर्नुभएको छ । गीतमा पश्चिमकै मोडल कृष्णराज अधिकारी र सोना बज्राचार्यको अभिनय छ । गीतको संगीत संयोजन तथा संगीत केशव बडुले दिनुभएको छ । राम आरोहको शब्दमा तयार गितलाई राम चौधरीले छायाँकन तथा सम्पादन गर्नुभएको छ ।
