भगतराम थारु – नेपालगन्ज : नेपालगन्ज उपमहानगरपालिका वडा नं. १५ वडा कार्यालयले एक दम्पत्तिको सम्बन्ध विच्छेद गराएको छ । भारतको लखिमपुर खिरी धौराहराका ३४ बर्षिय अबधेश सोनार २०७८ साल असोजदेखि बर्दिया ठाकुरबाबा नगरपालिका वडा नं. ९ निवासी २४ बर्षिय राधिका सुनारसंग मागी विवाह भएको हो । लामो समयदेखि नेपालगन्जको जयसपुरमा कोठा भाडा लिएर अटोरिक्सा चलाउदै जिविको पार्जन गर्ने अवधेशको राम्रो कमाई छ । अवधेश लामो समयदेखि नेपालगन्जमा कर्मथलो बनाई काम गर्नुहुन्छ । अवधेशलाई मेहनति र इमान्दार देखेर राधिकासंग उहाँको आफन्त मिलेर विवाह गरेका थिए । दम्पत्य जिवन राम्रैसंग चलेको थियो अवधेशले भन्नुभयो ।
एक्कासी एकदिन परिवारसंग सानो विवाद भयो त्यही बहाना बनाएर श्रीमति राधिका माइती भागिन । केही दिनमा घर फकिएला भन्ने भयो पछि राधिकाको आफन्तले भारतको व्याङग्लोर कमाउन पठाई दिए । मैले पनि प्रहरी प्रशासन लगायत विभिन्न निकायसंग खोजी गर्न पाउँभनि निवेदन दिएको थिए । सोही अनुसार खोजतलास भैरहेको थियो पछि भारत पुगेको थाहा पाए । सामान्य विवाद हो घर फर्किन आग्रह गरे र संगै एक आपसमा सुख दुख काटौला भन्ने विचार थियो । मिलापत्र गर्न नेपालगन्ज १५ को वडा कार्यालयमा पुग्यो ।

सानो विवाद हो मिलिहाल्छ भन्ने भयो । निर्धक्का साथ मिलापत्र गर्नजादा छिनभरमै सम्बन्ध विच्छेदको पत्र हातमा आयो । वडा कार्यालयका एक जनाले भन्नुभयो अवदेखि आ आफ्नो तरिकाले आ आफ्नो बाटो लाग्ने एक आपसमा कसैले कसैलाई गाली गलौज गर्न नपाईने भनेपछि म अलमिए अबधेशले भन्नुभयो । कुराकानी गर्ने वेला मिलापत्र हो हस्ताक्षर गर्न लगाईयो अबधेशले भन्नुभयो । हस्ताक्षर गरेपछि जव पत्र हातमा आयो अनि एक जना स्टापले भन्नुभयो अब सम्बन्ध विच्छेद भयो आफ्नो खाने आफ्नो लाउने म स्तव्ध भए अवधेशले भन्नुभयो । श्रीमतिको लागि हारगुहार मागे मेरो पक्षमा बोल्दिने कोही भएन एक हातमा पत्र समाए र एक हातले आँशु पुच्छै वडा कार्यालयबाट बाहिरिए अबधेशले भन्नुभयो । भारतको नागरिक भएको कारण सबैले हेपे श्रीमतिको लागि भारतमा आधारकार्ड बनाई दिएको छु । ३÷४ पटक घरमा पनि लगेको छु उहाँले भन्नुभयो । कर्मथलो नेपालगन्ज भएको हुनाले बढिभाग यतै कमाउने यतै खाने गर्दछु श्रीमतिलाई पनि घरमै बसाएर पालन पोषण गरेको थिए । आफ्नो मान्छे नभएपछि यो गति भयो अवधेशले रुदै भन्नुभयो ।
पहिलेको श्रीमति वितेपछि राधिकालाई भित्राए श्रीमति गुमाउनुको पिडा छदैथियो राधिकाले पनि धोका दियो उहाँले भन्नुभयो । बाहिर कमाउनु भन्दा घरमै बस्नु बाहिरको कमाई म पुरा गर्छु भन्दा पनि श्रीमति राधिकाको आफन्तले जवरजस्ती सम्बन्ध विच्छेद गराएको उहाँले आरोप लगाउनुभयो । नेपालगन्ज १५ वडा कार्यालयका सुब्बा शोभाकर भण्डारीले राधिकाको जिन्दगी विगार्नुभन्दा यिनीहरु विचको सम्बन्ध छुटाएर कल्याण गरेको बताउनुभयो । नेपाली केटीलाई कतै भारतमा लगेर केही गर्ला भन्ने डरले विछोड गराएको सुब्बा भण्डारीले भन्नुभयो । बारम्बार श्रीमान श्रीमति विच विवाद भैरहेको निवेदन वडा कार्यालयमा आएको थियो सोही अनुसार हामीले दुवै पक्षलाई बोलाएर मिलाएको सुब्बा भण्डारीले भन्नुभयो । वडा कार्यालयमा यही २६ गते आवश्यक कारवाही गरि पाउँ भनि राधिकाले निवेदन दिनुभएको थियो । निवेदनमा घरायसी भएको हुँदा कारवाही गरि पाउँ निवेदन परेको थियो हातमा सम्बन्ध विच्छेदको पत्र आउँछ अबधेशले भन्नुभयो । राधिकाले म अवधेशसंग कुनै हालतमा नबस्ने भनेपछि कानुनी रुपमा नभएपनि प्रक्रिया पुरा गरेको हो भण्डारीले भन्नुभयो ।

यस्तै नेपालगन्ज उपमहानगरपालिका वडा नं. १५ का वडा अध्यक्ष मदन विक्रम शाहले घरेलु झगडा भएको हुनाले एक आपसमा मिलेर बस्नु यदि कानुनी प्रक्रिया अनुसार जानेहो भने अदालत गएर निकासा निकाल्न सकिने बताउनुभयो । निवेदन बमोजिम मिलापत्र गर्न बोलाएको हो पछि पत्रमा के के लेखेर बनाए आफुले अध्ययन नगरेको वडा अध्यक्ष शाहले बताउनुभयो । यता राधिकालाई सम्पर्क गर्न खोज्दा उहाँको आफन्त विमला सुनारले उहाँको मोबाइल उठाउनुहुन्छ । राधिकाले आफै उहाँसंग वस्दैन बरु सम्बन्ध विच्छेद गर्छु भनेपछि यस्तो पत्र वडा कार्यालयको रोहबरमा बनाएको बताउनुभयो । अबधेशले जवरजस्ती गरे बलात्कार मुद्दा हाल्ने समेत उहाँले मोबाइलमा कुरा गर्दा भन्नुभयो । राधिकाको सम्बन्ध विच्छेद गराउने साक्षीमा भारतका रुपैडिहा बस्ने नफिक कुरैसी, ठाकुरबाबा नगरपालिका वडा नं. ९ बर्दिया बस्ने विमला सुनार, मुना सुनार, चुरी सुनार र नेपालगन्ज उपमहानगरपालिका वडा नं. १५ का पुर्व वडा सदस्य गुरुदयाल सिंहले हस्ताक्षर गर्नुभएको छ ।

