(Friday 30th of October 2026)
`

नेपालगन्ज एयरपोर्टमा निर्माणधिन टर्मिनल भवनको मन्त्री किराँतीद्धारा अनुगमन

  • सगरमाथा गन्तब्य
  • 6.7K
    SHARES

    नेपालगन्ज : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले जनताले छिटो छरितो पाउने गरि सेवा सुविधा प्रदान गर्न निर्देशन दिनुभएको छ । बुधवार नेपालगन्ज एयरपोर्टको अनुगमन गर्नेक्रममा उहाँले वायुसेवा निगमका प्रमुखहरुलाई निर्देशन दिनुभएको हो । हामीलाई हनिमुन मनाउन समय छैन तरपनि सय दिन पर्खिने छु उहाँले भन्नुभयो त्यसपछि गाडीको ब्रेक लगाइने छ मन्त्री किरातीले भन्नुभयो । सय दिनमा १०० गन्तव्य क्षेत्रलाई प्रथामिकतामा राखेर काम अगाडी बढाएको जानकारी गराउदै उहाँले भन्नुभयो वायुसेवा निगमलाई जनताको पहुँचमा पु¥याउन निर्देशन भैसकेको छ अव रिजल्ट हेर्न बाँके छ उहाँले भन्नुभयो । मन्त्री किरातीले नेपालगञ्ज–दिल्ली उडान सुरु गर्ने दीर्घकालीन योजना रहेको बताउनु भयो ।
    मन्त्री किरातीले आफु दुई प्लेनको मन्त्री हुँदा लज्जित भए पनि १०० दिनमा परिणाम दिने गरी काम गरिरहेको बताउनुभयो । उहाँले सय दिन परिणाम दिन नसके जनताको बिचमा जाने जिकिर गर्नु भएको थियो । नेपालगञ्ज विमानस्थलको निरीक्षण तथा अनुगमन गर्ने नेपालगञ्ज पुग्नु भएका मन्त्री किरातीले बिमान स्थलमा भइरहेको स्तरोन्नतिको कामको प्रगतिबारे जानकारी लिनुभएको थियो ।
    सो विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थल बनाउन तयारी गरिएको बताउँदै मन्त्री किरातीले २० वर्षे गुरुयोजना अनुसार अत्याधुनिक टर्मिनल भवनको निर्माण कार्य र रनवे, पार्किङ र विमानस्थलको समेत निरिक्षण गर्नु भएको थियो ।
    सो अवसरमा उहाँले तीन अर्ब रुपियाँको लगानीमा भइरहेको विमानस्थलको स्तरोन्नतिको कामबारे नयाँ टर्मिनल भवन निर्माणको जिम्मा पाएको शर्मा एण्ड कम्पनीसँग विस्तृत जानकारी लिनुभयो ।
    नेपालगञ्ज–दिल्ली उडान सुरु गर्ने दीर्घकालीन योजना रहेको बताउँदै मन्त्री किरातीले निर्धारित समयमै काम सम्पन्न गर्न निर्माण कम्पनीलाई निर्देशन दिनु भएको थियो ।


    टर्मिनल भवनको निर्माण कार्य गरिरहेको शर्मा एण्ड कम्पनीका निर्देशक सौरभ शर्माले मन्त्री किरातीलाई सो भवन निर्माणका विविध पक्षहरूबारे जानकारी गराउनुभएको थियो । निर्माण कार्यको जानकारी गराउँदै शर्मा एण्ड कम्पनीका निर्देशक सौरभ शर्माले हालसम्म निकै तीव्र गतिमा काम भइरहेको जनाउँदै निर्धारित समय तीन वर्ष भन्दा पाँच महिना पहिले नै काम सम्पन्न गर्ने गरी निर्माण भइरहेको जिकिर गर्नु भयो । विमानस्थलको निरीक्षण टोलीमा नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक इन्जिनियर प्रदीप अधिकारी र नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलगायतको पनि सहभागिता थियो ।
    अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्न तयार पारिएको गुरुयोजना अनुसार निर्माण सुरु गरिएको सो टर्मिनल भवन करिब ८ हजार वर्गफिटमा तयार गरिनेछ । टर्मिनल भवनलाई आधुनिक मापदण्डअनुसार भन्सार, क्वारेन्टाइन र अध्यागमनसहित आन्तरिक र अन्तर्राष्ट्रिय दुवै किसिमका हवाई उडानका लागि निर्माण गरिनेछ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology