(Friday 30th of October 2026)
`

नरैनापुरमा घरघरमै पुगेर हात्तीपाईले रोग विरुद्धको औषधी खुवाउन सुरु

  • सगरमाथा गन्तब्य
  • 7.3K
    SHARES

    नेपालगन्ज : बाँकेमा हात्तीपाईले (फाईलेरिया) विरुद्ध औषधि बिहीवार देखी बिद्यालय र घरघरमै स्वास्थ्यकर्मी गई खुवाउन सुरु गरिएको छ । हात्तीपाईले (फाईलेरिया) रोग फैलनुवाट रोक्नु र विरामीको संख्यामा कमी ल्याउने उदेश्यले बाँकेमा स्वास्थ्यकर्मी बिद्यालय र घरघरर्मै पुगेर खुवाउन सुरु गरिएको हो । यसैगरी बाँकेको नरैनापुर गाँउपालिकामा पनि हात्तीपाईले रोग विरुद्धको औषधी खुवाउन सुरु गरिएको छ । गाउँपालिकाका अध्यक्ष इश्तियाक अहमद शाह, प्रमुख प्रशासकिय मणिराम खरालले हात्तीपाईले रोग विरुद्धको औषधी खाएर अभियानको सुरुवात गर्नु भएको थियो । अध्यक्ष शाहले हात्ती पाईले रोग विरुद्धको औषधी खान आफुबाटै सुरुवात गरेको भन्दै आम गाँउपालिकावासीलाई पनि औषधी खान आग्रह गर्नुभयो ।
    कोहि पनि नछुट्ने र नदोहोरिने गरी सबैले औषधी सेवन गरे मात्रै गाँउपालिकालाई हात्तीपाईले रोगबाट मुक्त गर्न सकिन्छ, अध्यक्ष शाहको भनाई थियो ।
    कार्यक्रममा स्वास्थ्य शाखाका प्रमुख नगेन्द्र शाहले नरैनापुर क्षेत्रमा मात्रै झन्डै ४४ हजार ८ सय ७ जना नागरिकलाई औषधी खुवाउने लक्ष्य रहेको बताउनु भयो ।
    अभियान सुरु भएको पहिलो दिन गाँउपालिकाको ६ वटै वडामा ५ हजार ७ सय ३८ जनाले औषधी सेवन गरेको स्वास्थ्य शाखाका सर्भिलेन्स अफिसर बिबेक पौडेलले जानकारी दिनु भयो ।
    अभियानको पहिलो दिन प्रत्येक वडामा तोकीएको बुथबाट औषधी खुवाईएको बताउदै पौडेलले भन्नुभयो शुक्रबार देखि घरदैलो अभियान मार्फत र्औषधी खुवाउने कार्यतालिका रहेको जानकारी दिनु भयो ।
    सरकारको राष्ट्रिय कार्यक्रम अन्तर्गत यसअघि १२ औं पटक हात्ती पाईले रोग विरुद्धको औषधी खुवाइएको थियो । रोग नियन्त्रणमा नआउँदा हरेक वर्ष सरकारले औषधी खुवाउने गरेको हो । बाँकेमा सुरु भएको यो १३ औँ अभिायन हो । नरैनापुरमा सुरु भएको १३ औँ पटकको अभियानका जिन्सी शाखा प्रमुख भरत महतो, सुचना अधिकारी लक्ष्मिकान्त मिश्रा लगायत विषयगत शाखाका प्रमुख एंव कर्मचारी र सुरक्षाकर्मीहरुले औषधी सेवन गरेका थिए ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology