(Friday 30th of October 2026)
`

आयोजक जय किसान र सहारा प्रतियोगिताको सेमिफाइनलमा प्रवेश

  • सगरमाथा गन्तब्य
  • 10.7K
    SHARES

    नेपालगन्ज, २५ माघ – कृष्ण खत्री क्षेत्रीले प्रतियोगिताको पहिलो ह्याट्रिक गरेपछि आयोजक जय किसान स्पोर्टस क्लब दोस्रो स्व. श्यामथापा स्मृति फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
    बुधबार आयोजक जय किसान स्पोर्टस क्लबले मोडल क्लबलाई ४–० ले सहजै पराजित गरेको छ । जय किसानका लागि कृष्णले २४औं, ५२औं र ५४औं मिनेटमा गोल गर्दै ह्याट्रिक पुरा गरेका थिए । जय किसानका लागि अर्को गोल निसान डाँगीले खेलको १९औं मिनेटमा गरेकाथिए । अब जय किसानले प्रतियोगिताको पहिलो सेमिफाइनलमा खजुरा युनाइटेडसँग प्रतिस्पर्धा गर्नेछ ।
    यसैगरी बुधबार भएको अर्को खेलमा लगातार जित हासिल गर्ने क्रममा सहारा इन्डियाले न्यु डाँफे क्लबलाई टाइब्रेकरमा ३–२ ले पराजित गरेको छ । निर्धारित समय गोलरहित बराबरीमा खेल सकिएको थियो ।
    खजुरा गाउँपालिका वडा नम्बर १ स्थित मैटहवा माविको खेल मैदानमा भैरहेको प्रतियोगितामा शुक्रबार दोस्रो सेमिफाइनलमा सहाराले बागमती स्पोर्टस क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।
    जय किसान स्पोर्टस क्लवले आयोजना गरेको प्रतियोगिताको फाइनल खेल माघ २९ गते हुनेछ । नकआउटको आधारमा भैरहेको प्रतियोगितामा नेपाल र भारतका गरी १३ टिमको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले एक लाख २१ हजार, उपविजेताले ६१ हजार सहित मेडल, प्रमाणपत्र र ट्रफी पाउने आयोजकले बताएका छन । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले ६ हजार, सर्वाधिकगोलकर्ता र उत्कृष्ट गोलकिपरले जनही ५ हजार रुपैयाँ मेडल, प्रमाणपत्र पाउने आयोजक जय किसान स्पोर्टस क्लबले जनाएको छ ।
    सोमबार मोडेल क्लव विरुद्ध एफसी–११ बर्दिया र न्यू डाँफे स्पोर्टस क्लव विरुद्ध रारा जनचेतना युवा क्लवका बीचमा हुनेछ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology