(Friday 30th of October 2026)
`

प्रेस चौतारीलाई हराउदै एमाले बाँके बिजयी

  • सगरमाथा गन्तब्य
  • 7.1K
    SHARES

    नेपालगन्ज : प्रेस चौतारी नेपाल बाँके र नेपाल कम्यूनिष्ट पार्टी एमाले बिच मैत्रीपूर्ण फुटबल प्रतियोगिता भएको छ । २५ औं स्थापना दिवसको अवसरमा प्रेस चौतारी बाँकेले आयोजनामा प्रेस चौतारी बाँके र नेपाल कम्यूनिष्ट पार्टी एमाले बिच मैत्रीपूर्ण फुटबल प्रतियोगिता भएको हो । आइतवार भएको प्रतियोगितामा नेकपा एमालेको टिम विजयी भएको छ । प्रेस चौतारी बाँके र नेकपा एमाले बाँके बिच भएको मैत्रीपूर्ण फुटबल प्रतियोगितामा ५–३ को गोल अन्तरले नेकपा एमालेको टिम विजयी भएको हो ।


    प्रेस चौतारी बाँकेको तर्फबाट पहिलो गोल पत्रकार भगतराम थारुले गर्नु भएको थियो भने नेकपा एमालेको तर्फ बाट पनि १ गोल गरि बराबर भएको थियो । बाँकी खेलहरुका एकएर्कालाई टक्कर दिदै नेकपा एमाले बाँकेले २ गोल बढीले प्रेस चौतारीको टिमलाई पराजित गरेको थियो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology