नेपालगन्ज : नेपालगन्जमा पत्रकार महिला र शिक्षिकाहरु बिच मैत्रीपूर्ण फुटसल प्रतियोगिता भएको छ । २५ औं स्थापना दिवसको अवसरमा प्रेस चौतारी बाँकेले आयोजना र होप इन्टरनेशनल एकेडेमीको सहकार्यमा पत्रकार महिला र शिक्षिकाहरु बिच मैत्रीपूर्ण फुटसल प्रतियोगिता भएको हो । शनिवार भएको प्रतियोगितामा पत्रकार महिलाको टिम विजयी भएका छ । बाँकेका क्रियाशिल पत्रकार महिला र होप इन्टरनेशनल एकेडेमी नेपालगन्जका शिक्षिका बिच भएको मैत्रीपूर्ण फुटसल प्रतियोगितामा १–० को गोल अन्तरले पत्रकार महिलाको टिमले विजयी भएको हो । पत्रकार महिलाको तर्फबाट पबित्रा परियारले क्याप्टन रेजिना मल्ललाई बल पास गर्दै मल्लले १ गोल गर्नुभएको थियो

। प्रतियोगितामा प्रेस चौतारी बाँकेका अध्यक्ष दुर्गा रोकाय, सचिब कमल डाँगी, संस्थापक उपाध्यक्ष शिव डोटेल, केन्द्रिय सदस्य अक्षरी पोख्रेल, केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज भेषराज बस्नेत, प्रेस चौतारी अनुसाशन आयोगका सदस्य बिष्णु बेलवासे, प्रेस चौतारी नेपाल निर्वाचन आयोगका सचिब गोबिन्द शर्मा,नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश सदस्य सरला सुवेदी, नेपाल पत्रकार महासंघ बाँकेका उपाध्यक्ष करुणा शाह, प्रेस चौतारी प्रदेश उपाध्यक्ष लक्ष्मी तिमिल्सिना, होप इन्टरनेशनल एकेडेमीका प्रिन्सीपल केशभा रेग्मी, बिद्यालयका संस्थापक अध्यक्ष सुरेश गौतम, सञ्चारकर्मी लगायतको सक्रिय सहभागीता रहेको थियो । कार्यक्रममा मदिरा व्यावसयिक संघ बाँकेको पहलमा यति ब्रुअरी लिमिटेड र गोर्खा ब्रुअरी प्रा.लि ले पत्रकार महिलाहरुको लागि खेल पोशाक सहयोग गरेको थियो ।


