नेपालगन्ज : शहिद दिवसको अवसर पारेर नेपालगन्ज उपमहानगरपालिका वडा नं १४ मा जेष्ठ नागरिकलाई सम्मान गरिएको छ । नेपालगन्ज उपमहानगरपालिका वडा नं १४ ले शहिद दिवसको दिन सोमवार ७८ वर्ष उमेर पुगेका ६० जना जेष्ठ नागरिकलाई सम्मान गरिएको हो । नेपालगन्ज उपमहानगरपालिका वडा नं १४ का वडाअध्यक्ष महजर अली साईले सम्मान गर्दै जेष्ठ नागरिक समाजको मार्गदर्शक भएको बताउँदै उहाँहरुलाई जिवन जिउनमा थप हौसला मिल्ने बताउनुभयो । जेष्ठ नागरिकको अनुभवबाट धेरै कुरा सिक्न सकिने उहाँले बताउनुभयो । जेष्ठ नागरिकलाई सम्मान गर्ने संस्कारको विकास गर्नुपर्ने बताउदै उहाँले जेष्ठ नागरिकलाई फेटो खिच्न र राजनीति पद बढाउनका लागि एक दिन मात्रै नभएर सधैं सम्मान गर्नुपर्नेमा जोड दिनुभयो ।

आफूले अरुको सम्मान गर्न सकेमा त्यही संस्कार आफूमा लागू हुने भन्दै जेष्ठ नागरिकलाई एक दिन मात्रै नभई सधैं सम्मान गर्नुपर्ने वडाअध्यक्ष साईले बताउनुभयो । उक्त सम्मान कार्यक्रममा नागरिकहरूलाई बल्यांकेट र खाने कुरा वितरण गरि सम्मान कार्यक्रम समापन गरिएको नेपालगन्ज उपमहानगरपालिका वडा नं १४ ले जनाएको छ ।
