(Friday 30th of October 2026)
`

कोहलपुरको सामुदायिक बिद्यालयमा एसईइ मक टेष्ट संचालन

  • सगरमाथा गन्तब्य
  • 8.3K
    SHARES

    नेपालगन्ज : रुम टु रिडको आयोजनामा कोहलपुरमा रहको १२ वटा सामुदायिक बिद्यालयमा एसईइ मक टेष्ट संचालन सुरु गरिएको छ । कोहलपुर नगरपालिका शिक्षा शाखाको सहकार्यमा रुम टु रिडले कोहलपुरका १२ वटा सामुदायिक विद्यालयहरुमा आईतवार देखि एसईइ मक टेष्ट संचालन सुरु गरेको हो ।
    कोहलपुर नगरपालिका भित्र रहेका ज्ञानज्योति मा.बि बगिया, नेपाल राष्ट्रिय मा.बि निबुवा खडकवार, सरस्वति सेकेन्डरी स्कुल, ज्ञानज्योति मा.बि चप्परगौडी, त्रिभुवन उच्च मा.बि, सिद्दार्थ सेकेन्डरी स्कुल, जन ज्ञानज्योति सेकेन्डरी, सगरमाथा ज्ञानपुन्ज मावि, कृष्ण मावि, जनता मावि मैटहवा, लक्ष्मी उच्च मावि बर्दहवा र राम मावि हवलदारपुर लगायतका १२ वटा बिद्यालयमा मक टेष्ट परीक्षा सञ्चालन सुरु गरिएको रुम टु रिड बाँके कार्यालयका वरिष्ठ फिल्ड कार्यक्रम प्रवन्धक खड्ग बहादुर कुवँरले बताउँनुभयो । विद्यार्थीहरुलाइ एसईइ परीक्षामा सहजता दिन र परीक्षालाई लिएर बिद्यार्थीको मन मष्तिस्कमा बस्ने डर त्रास लाई हटाउन उक्त टेष्ट संचालन गरिएको उहाँले बताउनुभयो ।
    उहाँले भन्नुभयो “परीक्षामा के कस्ता मोडल प्रश्नहरु आउँछन् र ती प्रश्नहरुको उत्तर कसरी लेख्ने जस्ता थुप्रै बिषयमा बिद्यार्थीलाई सिकाएर नजिकीदै गरेको एसइइ परीक्षाको लागि आत्मविश्वास कायम होस भन्ने उद्देश्य छ ।” एसईइ मक टेष्ट परीक्षामा छात्रा ८ सय २४ जना छात्रा र ७ सय ७० जना छात्र गरि १ हजार ५ सय ९४ विद्यार्थीहरु सहभागी भएको आयोजकले जनाएको छ । उक्त एसईई मक टेष्ट माघ २३ गतेसम्म संचालन गरिने आयोजकले जानकारी गराएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    © 2026 Sagarmatha Gantabya All right reserved Site By : SobizTrend Technology